१४ आश्विन २०८३, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

सङ्घीयतापछि पनि मधेसमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउन अझै सकस

वीरगञ्ज पर्सा, २२ मङ्सिरः विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता लागू भए पनि विभिन्न समयमा अतिक्रमणमा परेको वन क्षेत्र फिर्ता ल्याउन समस्या उस्तै देखिएको हो । मधेस प्रदेशका आठ जिल्लामा सन् २००२ अघिसम्म पाँच हजार ५३६ दशमलव ४१ हेक्टर […]

गण्डकी मुख्‍य समाचार समाचार

फु गाउँको गोरेटो बाटो स्तरोन्नति

मनाङ, २२ मङ्सिरः गण्डकी प्रदेशको अति विकट मानिएको मनाङको नार्पाभूमि गाउँपालिका । हालसम्म स्थलमार्गका रूपमा सडक नपुगेको नार, फु गाउँमा आउजाउका लागि पैदलमार्ग अर्थात् गोरेटो बाटोको मात्रै प्रयोग हुन्छ । यहाँका गोरेटो बाटो जीर्ण अवस्थामा पुगेपछि स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ । गोरेटो बाटोले मात्रै जोडिएको नार, फु गाउँ आवतजावत सहज बनाउने उद्देश्यले जीर्ण बन्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ, २२ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनीका कारण […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार

विचार : चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल क्रिकेट

काठमाडौँ, २२ मङ्सिर: काठमाडौँ उपत्यकामा दिनहुँ तापक्रम घटदै चिसो बढिरहेको भए तापनि क्रिकेटको रौनकले वातावरण तताउँदै लगेको पाइएको छ । गतवर्ष जस्तै यो वर्ष पनि जाडोको मौसममा एनपिएल क्रिकेटको दोस्रो संस्करणका रोमाञ्चकारी खेलहरु भैरहेका छन् । वर्षा नहुने मौसममा आयोजना गरिएको यो प्रतियोगितामा नेपालीका साथै अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएका विभिन्न मुलुकका खेलाडीले दिनहुँ जसो छक्का […]

गण्डकी मुख्‍य समाचार समाचार स्वास्थ्य

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

गलकोट बागलुङ, २२ मङ्सिरः बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ । करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आउनुभएका बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताउछन् । उनले आफूले […]

बागमती मुख्‍य समाचार समाचार

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली नुवाकोट, २२ मङ्सिरः धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब रु १३ लाख भेटी सङ्कलन भएको छ । यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी रु १२ लाख ८८ हजार १८० सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार […]

बागमती मुख्‍य समाचार समाचार

चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौँ, २२ मङ्सिरः आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक असई पुष्कर कार्की पक्राउ परेका छन् । निजले काठमाडौँको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए । उनले भने, छोराको हत्या गरी भागेको […]

गण्डकी मुख्‍य समाचार समाचार

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी, २२ मङ्सिर : म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यले तिब्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधीमा ३० दशमलव ९४ प्रतिशत भौतिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु धादिङ, २२ मङ्सिरः नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो । सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

लुम्बिनी, २२ मङ्सिरः लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी गरेको सर्वेक्षण अध्यायन प्रतिवेदनमा प्रदेशमा अझै करिब चार हजार चौपाया व्यवस्थापन बाहिर रहेकाले कानुनी संरचना र सहकार्यलाई परिणाममुखी बनाउनुपर्ने कुरामा जोड दिएको छ । प्रदेशका […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

महेन्द्रनगर, २२ मङ्सिरः एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उनी एक वर्षमै स्वदेश फर्किए । एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए । रानाले भने मलेसियाबाट आएर […]

बागमती मुख्‍य समाचार समाचार

स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रेपलाञ्चोक, २२ मङ्सिरः स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ । आइतबारदेखि थप एक मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि जिल्लाबाट उक्त सेवा प्रदान गर्ने अस्पताल आठ पुगेको हो । उक्त अस्पतालले गत साउन अन्तिम साता स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई प्रथम सेवा केन्द्रको स्वीकृति पाएको […]