१४ आश्विन २०८३, बुधबार
मनोरन्जन मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिम महोत्सव सुरु

कैलाली, २३ मङ्सिरः सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको हो । सङ्घका अध्यक्ष […]

कोशी मुख्‍य समाचार समाचार

दोस्रो एभरेष्ट भेट्रान कप सुरु

बेलबारी मोरङ, २३ मङ्सिरः मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लबको पहिलो विजयी भएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित दोस्रो एभे्रस्ट भेट्रान कप सोमबारदेखि सुरु भएको हो । एभे्रस्ट भेट्रान मोरङको आयोजनामा प्रस्तावित डाँगीहाट […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २३ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

तुलसीपुर दाङ, २३ मङ्सिरः नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौँसम्मको यात्रा गर्दा रु आठ हजार ७७५ भाडा रहेकामा त्यस्ता व्यक्तिलाई रु सात हजार ६४५ मात्रै भाडा लिने व्यवस्था गरिएको यहाँस्थित एयरलाइन्सका प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ, २३ मङ्सिरः निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिक तर्फको निर्वाचन […]

गण्डकी मुख्‍य समाचार समाचार

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न विराट ट्रेड एक्स्पो

मोरङ, २२ मङ्सिरः कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरले आगामी पुस दोस्रो सातादेखि अन्तरराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने लागेको आज यहाँ आयोजित पत्रकार जानकारी दिइयो । विराटनगर–१ जिल्ला प्रहरी कार्यालय मोरङ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर, २२ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ । महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथि लगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण तीव्र पारिएको नेकपा एमालेका पोटिलब्यूरो सदस्य महेश बस्नेतले बताए । भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ, २२ मङ्सिरः पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा यस हप्ता कारोबारको दुवै दिन गिरावट देखिएको हो । आइतबार २१ दशमलव ४८ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६०६ दशमलव ६७ को बिन्दुमा कायम भएको हो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड

काठमाडौँ, २२ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेले ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्नेमा सो पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायत नेताहरुले जोड दिएका छन् । महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको योगदानलाई सम्मान गर्दै पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए। […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा लगानीको विशाल सम्भावना छ : मुख्यमन्त्री शाह

अत्तरिया कैलाली, २२ मङ्सिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र– २०८१ आज बुझ्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहले प्रदेश सरकार लगानी अनुकूल वातावरण निर्माणलाई प्राथमिकता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल

पाटन ललितपुर, २२ मङ्सिर ः गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्व एवम् एजिङ नेपाल र युनिफिकेसन नेपालको सहसंयोजकत्वका साथै मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा सक्रिय १२५ संस्थाको सहकार्यमा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १७औँ राष्ट्रिय मानवअधिकार महाभेलालाई सम्बोधन गर्दै […]

बागमती मुख्‍य समाचार समाचार

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन, २२ मङ्सिरः विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशत भन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् । देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले […]