२ भाद्र २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

१४ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आइतबार बसेको  मन्त्रिपरिषद्‌को बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

राजनीति

थाहै नदिई मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री निगमसँग असन्तुष्ट, ग्याँसमा सहुलियत घोषणा हुँदै

१४ असोज, काठमाडौं । नेपाल आयल निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बिहान नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर प्रधानमन्त्रीले थाहै नदिई किन मूल्य बढाएको भन्दै झपारेको बालुवाटार स्रोतले अनलाइनखबरलाई जानकारी दियो । जवाफमा थानीले स्वचालित मूल्यप्रणाली लागू गरेको भन्दै […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । चीनबाट फर्किएलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् । सात दलको बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । […]

अर्थ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्‍यो, ग्यासको भाउ सिलिण्डरमा २१५ ले वृद्धि

१४ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै […]

राजनीति

प्रधानमन्त्रीलाई माधव नेपालको पत्र : आर्थिक मन्दीले समाजमा निराशा र अराजकता बढ्यो

१३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन् । […]

समाज

त्रिभुवन विमानस्थलबाट २.७ किलो सुन बरामद, फिलिपिन्सकी महिला पक्राउ

१३ असोज, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो । आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले […]

राजनीति

सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता सुरु

१३ असोज, काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भइरहेको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको छ । मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुले आज शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु […]

बैंक–वित्त

सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु

१२ असोज, दाङ । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा शारदा नगरपालिका – १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका – १२ तिमिलेकी ७६ वर्षीया ध्रुवी […]

मुख्‍य समाचार

बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम

१२ असोज, काठमाडौँ। पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ । कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी […]

मनोरन्जन समाज

‘रावायण’ फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ

१२ असोज, काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा […]

समाज

सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति

१२ असोज, काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ । शुक्रवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो । सरकार र महासंघबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिष्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम […]

मुख्‍य समाचार समाज

ओलाङचुगोलावासीलाई घाँसको जोहो गर्न चटारो

१२ असोज, ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् । ओलाङचुगोलावासी प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रुपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ […]