१ भाद्र २०८३, सोमबार
मनोरन्जन मुख्‍य समाचार

‘टाइगर ३’ लाई उछिन्दै दोस्रो सप्ताहान्त घरेलु बक्स अफिसको शीर्षस्थानमा ‘दिमाग खराब’

काठमाडौं । बलियो ‘वर्ड अफ माउथ’ र लगातारको तिहार बिदाको फाइदा उठाउँदै ‘दिमाग खराब’ले दोस्रो सप्ताहान्त आक्रामक व्यापार गरेको छ । दोस्रो शनिबारसम्म आइपुग्दा निश्चल बस्नेत निर्देशित फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । अकुपेन्सी र शोका आधारमा सलमान खान स्टारर ‘टाइगर ३’ दोस्रो स्थानमा झरेको छ । दोस्रो शनिबार काठमाडौं र उपत्यका बाहिरका हलमा […]

अर्थ

तिहारको ४ दिनमा एक अर्ब ३२ करोडको सुन बिक्री

३ मंसिर, काठमाठौं । तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार भएको व्यवसायीहरुले बताएका छन् । मंसिरको बिहेको लगन तथा धनतेरस पर्वमा सुनको कारोबारमा उल्लेख्य सुधार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष मणिकरत्न शाक्यले तिहारको ४ दिनमा १३५ किलो सुन बिmक्री भएको बताए । जसको बजार […]

विचार समाचार समाज

सामाजिक सञ्जाल नियमनको आवश्यकता

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाअनुसार ‘सामाजिक सञ्जाल’ भन्नाले इन्टरनेटले उपलब्ध गराएको सुविधा प्रयोग गरी सामाजिक सञ्जाल ‘प्लेटफर्म’ले उपलब्ध गराएको विधिअनुरुप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधासमेत प्रदान गर्ने समूह, ब्लग, एपलगायतका सञ्जाल सम्झनु पर्छ । खासगरी प्रयोगकर्ता र प्लेटफर्म सञ्चालकहरुको […]

मुख्‍य समाचार समाचार समाज

झापामा छठको पूजा गर्न तीन सय घाट निर्माण

३ मंसिर, दमक। छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई  सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए । छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका […]

समाचार समाज

छठ पर्व आज उल्लासपूर्वक मनाइँदै

३ मंसिर, काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

एक हप्ता अघि सुरुङभित्र फसेका ४० मजदुरको अझै भएन उद्धार

३ मंसिर, काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन । उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासी भत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उनीहरुलाई उद्धारका लागि गरिएको हालसम्म प्रयास असफल भएको […]

खेलकुद समाचार समाज

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया आज भिड्दै

३ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो । यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा […]

समाचार समाज

प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोराको शव भेटियो

२ मंसिर, प्युठान । जिल्लाको नौबहिनी गाउँपालिका-३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द […]

समाचार समाज

टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन

२ मंसिर, काठमाडौं । नेपालमा टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ। शनिबार टिकटक प्रयोगकर्ताहरूले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्। टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ। कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन्। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध […]

मुख्‍य समाचार समाचार समाज

हुलाकी सडकले दुर्गम गाउँलाई बनायो सुगम

२ मङ्सिर, राँझा (बाँके) । बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए । ‘पहिले भारतको […]

मुख्‍य समाचार समाचार समाज

गैँडा मारेको घटना छानबिन गर्न समिति गठन

२ मंसिर, चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानबिन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा […]

मुख्‍य समाचार समाचार समाज

धनगढीमा भएको आगलागीबाट झण्डै १८ करोडको क्षति

२ मंसिर, धनगढी । धनगढीमा शनिबार राति भएको आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । धनगढी उपमहानगरपालिका-१ को एलएनचोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई भएको आगलागीबाट १७ करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार […]