१ भाद्र २०८३, सोमबार
मुख्‍य समाचार

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस

५ मंसिर, काठमाडौं । न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद स्रोतका अनुसार, कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च […]

मुख्‍य समाचार राजनीति

अध्यक्षसहित राष्ट्रियसभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा

५ मंसिर, काठमाडौँ । द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन् । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छवर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ । परिपक्व व्यक्तिको प्रतिनिधित्व हुने ‘इल्डर्स हाउस’ले प्रतिनिधिसभाले […]

मुख्‍य समाचार

मुस्ताङमा कालीगण्डकी बगरको सतह बढ्यो, बस्तीमा डर

५ मंसिर, म्याग्दी । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतह बढेपछि बस्तीमा बाढीको जोखिम भएको छ । घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीका अनुसार कालीगण्डकी नदीमा ढुंगा तथा बालुवा थुप्रिएर बगरको सतह बढ्दै जाँदा बस्ती, खेतीयोग्य जमिन, सडक, सिँचाइ, खानेपानी, मोटरेबल पुल, झोलुङ्गे पुल, भवन, स्याउ बगैंचा लगायतका भौतिक संरचना जोखिममा परेका छन् । […]

मुख्‍य समाचार समाचार समाज

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

५ मंसिर, काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिए । […]

मुख्‍य समाचार समाचार समाज

माइतीघरमा निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक […]

मुख्‍य समाचार राजनीति समाचार

कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युएईको दुबईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप ८) मा नेपालले पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको ध्यानाकर्षण गराउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन समापन समारोहमा उनले विश्वका प्रमुख कार्बन उत्सर्जनकर्तालाई तत्काल उत्सर्जन घटाउन, विकसित राष्ट्रहरूलाई जलवायु वित्त उपलब्ध गराउन, वित्त […]

मुख्‍य समाचार समाचार समाज

चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले

५ मंसिर, चितवन, : चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए ।उनका अनुसार नेपाल बाहिरबाट आएका […]

मुख्‍य समाचार समाचार समाज

बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा रुक्शाना कपाली

५ मंसिर, काठमाडौं । बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी छिन् । ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यू+ समुदायकाे कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ । उनको एसएलसीको […]

अन्तर्राष्ट्रिय समाचार समाज

हमासका नेताले भने : इजरायलसँग सम्झौताको नजिक छौं

५ मंसिर, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे […]

मुख्‍य समाचार समाचार समाज

किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

५ मंसिर, भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन […]

मुख्‍य समाचार समाचार समाज

रसुवागढी नाकाबाट सुनसहित ३ जना पक्राउ

५ मंसिर, काठमाडौं । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वषर्ीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीया निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ बि्रदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् […]

मुख्‍य समाचार समाचार समाज

कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ जना घाइते

५ मंसिर, धनगढी । कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार […]