तनहुँ बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३४ जना घाइते
१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर […]











