२ चैत्र २०८२, सोमबार
राजनीति

गठबन्धन तोड्न धेरै कसरत भइरहेको छ : प्रचण्ड

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् । तर सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने उनको दाबी छ । माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार राखेको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गठबन्धन तोड्ने धेरै कसरत […]

अर्थ

भोजपुरमा अकबरे खुर्सानी खेती, मनग्य आम्दानी

१२ भदौ, भोजपुर। व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद […]

अनौठो संसार

पेन्गुइन चराको बढुवा, बन्यो सेनाको उपरथी !

काठमाडौं । हरेक देशको सेनामा जवानदेखि सेना प्रमुखसम्मका विभिन्न पदहरु हुन्छन् । नेपाली सेनाको संरचनामा उपरथी भनेको तेस्रो ठूलो दर्जा हो । के मेजर जनरल अर्थात् उपरथी जस्तो ठूलो सैन्य पदमा कुनै चरा नियुक्त हुन्छ भनेर पत्याउन सकिन्छ ? सामान्यतया यो सम्भव नै नहुने कुराजस्तो लाग्नसक्छ । तर नर्वेको सेनामा भने एउटा पेंगुइन हालै सहायक रथी […]

अनौठो संसार

२७ वर्षसम्म बिदा नलिई अफिसमा काम, तर पुरस्कारमा मिल्यो चकलेट

काठमाडौं । आफूले काम गरिरहेको कार्यालयमा तपाईंले वर्षमा औसतमा कति दिन बिदा लिनुहुन्छ ? बर्गर बनाउने एउटा कम्पनीका एकजना कर्मचारीले त्यहाँ २७ वर्षसम्म काम गर्दा एक दिन पनि बिदा लिएनन् । उनको कामप्रतिको समर्पण अतुलनीय थियो । त्यसैले उनलाई उनको रोजगारदाता कम्पनी तथा सहकर्मीहरुले समेत पुरस्कार थियो । सायद झण्डै तीन दशक काम गरेको कम्पनीमा एक […]

मुख्‍य समाचार सूचना प्रविधि

अर्को महिनादेखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट

१२ भदौ, काठमाडौं। मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ । समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुनेछ । अर्थात् जो प्रयोगकर्ताको स्मार्टफोनमा यसअघि नै मेसेन्जर लाइट एप डाउनलोड भैसकेको छ उनीहरुका लागि समेत […]

मुख्‍य समाचार

हार्दिकता बढाएको संसदीय समिति निर्वाचन

१२ भदौ, काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यसपटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ । पछिल्लो सुन प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्नेमा विवादसँगै लामो समयसम्म सदन अवरुद्ध भई देखिएको चिसोपनलाई सभापति निर्वाचनले हटाउन सफल भएको छ । […]

खेलकुद गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

तनहुँमा क्रिकेट खेल मैदानको खोजी गरिँदै

१२ भदौ, दमौली । पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ । व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सन्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत निरीक्षण गरिएको छ । खेलप्रति […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

सुनसान छन् बागलुङका घरबास

१२ भदौ, ढोरपाटन । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको हो । घरबास सञ्चालकका अनुसार साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुण्डे लगायतमा पाहुना कम पुग्ने […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीसँग प्रश्नोत्तर आज, सांसदहरुले सोध्नेछन् १२ प्रश्न

१२ भदौ, काठमाडौं । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन् । संसद सचिवालयका अनुसार एक पटकमा १५ […]

राजनीति

आरजूले किन रोजिन् कृषि समितिको सभापति ?

११ भदौ, काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा । सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

नेपाली पत्रकारिताका ‘शिखर पुरुष’ राजेश्वर नेपालीको निधन

११ भदौ, धनुषा। प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । नेपालीको आज बेलुका ८:१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए । नेपाल प्रेस युनियन, धनुषाका अध्यक्ष राजनकुमार सिंहले भने, ‘उहाँ यस क्षेत्रको शिखर पुरुष नै हुनुहुन्थ्यो, उहाँको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय […]