२ चैत्र २०८२, सोमबार
समाज

काठमाडौं छिर्ने नाकामै पानीको जारको छड्के अनुगमन

१८ भदौ, काठममडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पानीको जारको अनुगमन सुरु गरेको छ । उपत्यकाका अन्य स्थानीय तहमा उत्पादन भई काठमाडौं महानगरपालिकाभित्र बिक्रीका लागि ल्याइने जारको अनुगमन गर्न थालेको हो । जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि महानगरले प्रवेशद्वारमा नै छड्के अनुगमन गर्न थालेको हो । निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार महानगरमा बिक्री […]

मुख्‍य समाचार राजनीति

तत्काल ४० वटा कानुन बनाउन संसदले गर्‍यो सरकारको ध्यानाकर्षण

१८ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले संविधान अनुकुल कानुन बनाउने कार्यलाई तीव्रता दिन र गम्भीरतापूर्वक विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार राष्ट्रिय सभामा प्रस्तुत ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ माथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकार गम्भीर नभएका कारण संविधान लागू भएको लामो समयसम्म त्यस अनुकुल कानुन बन्न नसकेको बताए […]

समाज

बालेनलाई इंगित गर्दै काठमाडौं प्रशासनले भन्यो-जथाभावी वक्तव्यबाजी नगर्नू

१८ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन र सामाजिक सन्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार […]

मुख्‍य समाचार समाज

गोसाइँकुण्डमा ३ लाख भेटी संकलन

१८ भदौ, रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । उनले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

हावाहुरीले मकै बाली नष्ट

१८ भदौ, ढोरपाटन । हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट […]

मुख्‍य समाचार समाज

कोशी, मधेस, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना

१८ भदौ, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी […]

मुख्‍य समाचार समाज

कागबेनीका बाढीपीडितलाई राहत वितरण

१८ भदौ, मुस्ताङ । मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको बाढीका पीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरिएको हो । […]

कर्णाली प्रदेस समाचार समाज

डोल्पामा भेटियो नयाँ ताल, तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी

१८ भदौ, काठमाडौं । मनाङको तिलिचो तालभन्दा पनि अग्लो स्थानमा अर्को ताल फेला पारेको डोल्पाका जनप्रतिनिधिहरुले दाबी गरेका छन् । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडानम्बर ६ फालगाउँमा तिलिचो ताल रहेको उचाइभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला पारेको सो पालिकाका जनप्रतिनिधिहरुले दाबी गरेका हुन् । तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा छ । […]

खेलकुद

रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

१८ भदौ, काठमाडौँ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३:१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २:४५ बजे […]

खेलकुद

कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, इन्दुले लिइन् एकै ओभरमा ३ विकेट

१८ भदौ, काठमाडौं । इन्दु बर्माले एकै ओभरमा तीन विकेट लिए पनि आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा कतारले नेपाललाई जितका लागि ७५ रनको दिएको छ । मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जहाँ कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । कतारका […]

अर्थ गण्डकी प्रदेस समाचार

आजदेखि पोखराका सडकमा स्मार्ट लाइट बल्न सुरू

१७ भदौ, पोखरा । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ । २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत […]

मुख्‍य समाचार समाज

लम्पी स्किन रोगबाट पीडित किसानलाई छिट्टै राहत : कृषिमन्त्री  भुसाल

१७ भदौ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाई भएको स्वीकार गरेका छन् । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाई नहुने आश्वासन समेत दिए । उनले […]