काँग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण
२० भदौ, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा धारिलो हतियार (खुकुरी) प्रहार गरी सांघातिक आक्रमण भएको छ । बुधवार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीले […]











