१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाज

राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला आउँदै रामचन्द्र पौडेल

४ असोज, तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनका अनुसार शनिबार तनहुँको […]

समाज

काठमाडौंमा शिक्षकको आज पनि शक्ति प्रदर्शन, ट्राफिक व्यवस्था अस्तव्यस्त

४ असोज, काठमाडौं । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । ट्राफिक प्रहरीले बानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ । नदी किनाराका करिडोरमा समेत सवारी चाप […]

राजनीति

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा

४ असोज, काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो । २३ देखि ३० सेप्टेम्बरसम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी […]

समाज

न्यायाधीशको रोलक्रम फेरबदल गर्ने नियम ल्याएपछि विवाद, सच्याउन बारको चेतावनी

४ असोज, काठमाडौं । न्यायसेवाको उच्च पदमा काम गरेर न्यायाधीश भएकाहरुलाई माथिल्लो रोलक्रममा राख्नेगरी न्यायपरिषद नियमावली २०७४ मा हालै गरिएको संशोधन विवादमा परेको छ । सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार र रजिष्ट्रार (सचिव) बाट उच्च अदालतमा न्यायाधीश नियुक्त हुनेहरुलाई माथिल्लो वरीयतामा रहने गरी हालै न्यायपरिषद नियमावली संशोधन गरिएको थियो । नियमावली संशोधन भएर १ असोजमा राजपत्रमा प्रकाशित […]

बैंक–वित्त

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेट

४ असोज, न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो । दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र […]

मुख्‍य समाचार राजनीति

नेपालले विविएनजे सम्झौतामा गर्‍यो हस्ताक्षर

४ असोज, न्यूयोर्क। नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन् । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर […]

अनौठो संसार

जब लुटेराले हानेको गोली आइफोन १५ ले छेक्यो !

४ असोज, काठमाडौं । आइफोन १५ सिरिज सार्वजनिक भएसँगै एप्पल प्रडक्टका शौखिनहरुमा एक प्रकारको उत्साहको माहोल छ । एकातर्फ आइफोन १५ बुकिङ गर्ने तथा खरिद गर्नका लागि होडबाजी चलिरहेको छ भने अर्कोतर्फ यो नयाँ आइफोनका विषयमा एउटा अनौठो दाबी सार्वजनिक भएको छ । एकजना आइफोन प्रयोगकर्ताले आइफोन १५ का कारण आफू दर्दनाक मृत्युबाट बचेको दाबी […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

आहा ! मनै लोभ्याउने फुङफुङ्गे झरना

४ असोज, ताप्लेजुङ । फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बताइन्छ । ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

दाङमा टिमुरको उत्पादनमा कमी

४ असोज, दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९÷८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो । जिल्लाबाट आव २०७८÷७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९/८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर […]

राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्‍दै

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जानकारी दिएको छ । बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ । यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि […]

समाज

आन्दोलनलाई मर्यादित बनाउन शिक्षकहरुलाई गृहमन्त्री श्रेष्ठको आग्रह

४ असोज, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका छन् । उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर विरोध प्रदर्शन गरेका […]

राजनीति

दमननाथ ढुंगानाले संविधान माओवादी खुशी पार्न ल्याएको भनेपछि गगन थापाले गरे प्रतिवाद

३ असोज, काठमाडौं । बीपी साहित्य महोत्सव अन्तर्गत बुधबार ‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षक विषयमा संविधानविद् निलाम्बर आचार्य, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल थियो । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सञ्चालन गरेको उक्त छलफलका क्रममा पूर्वसभामुख ढुंगानाले अहिलेको संविधानमा बीपी तत्व नभएको बताए । उनले संविधान माओवादीलाई खुशी पार्न […]