१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार

मलङ्गवामा निषेधाज्ञा : दिउँसो निष्क्रिय, राति यथावत

८ असोज, मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ रातिलाई भने यथावत राखिएको छ । सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो […]

मुख्‍य समाचार समाज

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’

८ असोज, बागलुङ । गलकोट नगरपालिका–५ को उच्च पहाडको शिरमा छ टेउवा । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिएको टेउवामा मानवनिर्मित संरचना र विभिन्न किसिमका मूर्तिले गलकोटको नयाँ पहिचान बनाउन थालेको छ । चार वर्ष अगाडिसम्म सुनसान देखिने टेउवा विसं २०७६ मा स्थापना भएसँगै आन्तरिक पर्यटकको आवागमन हुन […]

मुख्‍य समाचार राजनीति

केन्द्रीय समिति बैठक २-२ महिना बस्नु व्यवहारिक हुँदैनः नारायण खड्का

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले २÷२ महिनामा केन्द्रीय समितिको बैठक बस्नु व्यवहारिक नहुने बताएका छन् । केन्द्रीय समितिको चौथो दिनको बैठकमा बोल्ने क्रममा नेता खड्काले काठमाडौं बाहिरबाट आउने केन्द्रीय सदस्यलाई २÷२ महिनामा आइरहन समस्या हुने बताए । ‘काठमाडौं बस्नेलाई त ठिकै छ । टाढा टाढाबाट आउनले तेल खर्च, होटल […]

मुख्‍य समाचार राजनीति

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

८ असोज, काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् । यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् । […]

मुख्‍य समाचार राजनीति

नेपाल–चीन द्विपक्षीय भेटवार्ता जारी

८ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्टा भएको हो । भेटवार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र […]

राजनीति

प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ सेनाको गार्ड अफ अनर

८ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज बिहान चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ । छलफलमा नेपालको तर्फबाट […]

विज्ञापनमा विदेशी कलाकारको तस्वीर प्रयोग नगर्न निर्देशन

८ असोज, काठमाडौं । सरकारले होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको छ । होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न विज्ञापन बोर्डले सूचना जारी गरेको छ । विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम […]

बैंक–वित्त

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

८ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उक्त भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक […]

राजनीति

जब देउवाले आफ्नै केन्द्रीय सदस्य चिनेनन्

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा बोल्नका लागि एउटै व्यक्तिको दुईपटक नाम उच्चारण गर्छन् । तत्काल बोल्ने पालो आएका व्यक्तिको नाम लिएसँगै यस पछि बोल्ने पालो भनेर अर्को केन्द्रीय सदस्यको नाम लिन्छन् । आइतबार बोल्ने केन्द्रीय सदस्यको नाम बोलाउँदै गर्दा गोविन्द भट्टराई र हरिशरण नेपालीको नामसँगै लिए । […]

समाचार समाज

८४ वर्षीय श्रीधरलालसहित ४ फोटो पत्रकारलाई ‘वरिष्ठ फोटो पत्रकारिता सम्मान’

७ असोज, काठमाडौ । वरिष्ठ फोटोग्राफर श्रीधरलाल मानन्धर सम्मानित भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह -एनएफपीजे_ ले आफ्नो २६औँ वार्षिक साधारणसभाको अवसरमा ८४ वर्षे मानन्धरलाई “वरिष्ठ फोटो पत्रकार” का रूपमा सम्मान गरेको हो । काठमाडौंको तीनकुनेमा शनिबार साँझ आयोजित कार्यक्रमममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले दोसल्ला ओढाएर फोटोग्राफर मानन्धरलाई सम्मान गरे । १० वर्षको […]

अर्थ मुख्‍य समाचार

राष्ट्र बैंकले थाल्यो १० र २५ ग्रामका चाँदीका सिक्काको बिक्री

७ असोज, कठमाडौं । नेपाल राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै उक्त सिक्का टकमरी गरी बिक्री सुरु गरेको राष्ट्र बैंकले जनाएको […]

समाचार समाज

“भूराजनीतिको भार” को अब दोस्रो संस्करण

७ असोज, काठमाडौ । अनुभवी खोज पत्रकार बाबुराम विश्वकर्माले लेखेको विदेश मामिला सम्बन्धी बहुचर्चित पुस्तक भूराजनीतिको भार को दोस्रो संस्करण असोजको दोस्रो सातादेखि बजारमा आउने भएको छ । २० साउन २०८० मा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विमोचन गरेको उक्त पुस्तक पहिलो संस्करण सकिएपछि दोस्रो संस्करण छापिएको हो । दोस्रो संस्करणमा पहिलो संस्करणका तथ्यगत तथा भाषिक त्रुटि […]