१ चैत्र २०८२, आईतवार
राजनीति

काठमाडौं महानगर र अभियन्ता ईःबीच जुट्यो सहमति

१० असोज, काठमाडौं । साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै प्रदर्शनरत ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो । बुधबार फेरि भएको छलफलपछि चौथो बुँदालाई थप संशोधन गरेर सहमति जुटाइएको काठमाडौं महानगरपालिका […]

मुख्‍य समाचार समाज

आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप

१० असोज, काठमाडौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ । नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तरराष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबिएन नम्बर अनिवार्यरुपमा लिनुपर्ने हुन्छ । पुस्तक प्रकाशकले सो आइएसबिएन प्राप्त गरेपछि पुस्तकलाई […]

मुख्‍य समाचार समाज

वसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा

१० असोज, काठमाडौं। बुधबार काठमाडौंको वसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । बुधबार सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए । धेरै कुमारीलाई अभिभावकले लिएर आएका थिए ।  

राजनीति

प्रधानमन्त्री प्रचण्ड ल्हासामा,कैलाश मानसरोवर भ्रमण गर्ने

ल्हासा (चीन), १० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत […]

खेलकुद राजनीति

आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१० असोज, हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५६ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो […]

मुख्‍य समाचार राजनीति

डाक्टरको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

१० असोज, चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, ‘दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र […]

खेलकुद

टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

१० असोज, काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो । यसक्रममा नेपालले टी-२० आई […]

राजनीति समाज

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, ३० हजार बढी सङ्क्रमित

१० असोज, झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी […]

अर्थ

ठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो

१० असोज, म्याग्दी। ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । गाउँपालिकाले असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम बनाएको छ । तर व्यवसायीले सो कानुनी व्यवस्थाविपरीत म्याग्दी नदीबाट […]

समाज

बाराको पचरौतामा दुई दिनभित्रै २ जनाको हत्या

१० असोज, जनकपुरधाम । बाराको नेपाल भारत सीमा क्षेत्र पचरौता नगरपालिकामा दुईदिन भित्रै दुईजनाको हत्या भएको छ । मंगलबार साँझ भारतको मोतिहारी, दर्पा थाना-१, सुक्लहिया गाँउका २२ वर्षीय अजितकुमार सिंहको गोली दागेर हत्या भएको छ । साँझ सवा ६ बजे दशगजा क्षेत्र पचरौता नगरपालिका ६ लक्ष्मिनिया नजिक सिंहलाई दुईवटा मोटरसाइकलमा आएका चारजना युवकको समूहले गोली […]

खेलकुद मुख्‍य समाचार

नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने निर्णय

९ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ । नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकमा हुनेछ ।

समाज

ईः र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

९ असोज, काठमाडौं । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको वार्ताका एक सहभागीले बताए । ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि […]