इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा संयन्त्र गठन
२१ असोज, काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा एउटा संयन्त्र स्थापना गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न, उनीहरूको उद्धार गर्न र समग्र परिस्थितिको मूल्यांकन गरी समन्वय र सहकार्य गर्न उक्त संयन्त्र गठन गरेको हो । […]










