बानेश्वर नजिकै बागमती किनारमा युवकको शव भेटियो
२४ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ । महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा मृत अवस्थामा भेटिएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनका अनुसार निजको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान […]











