१२ श्रावण २०८१, शनिबार
अन्तराष्ट्रिय राजनीति

भारतको विभिन्न प्रान्तमा लोकसभा निर्वाचनको तयारी

६ बैशाख , भारत । भारतको विभिन्न प्रान्तमा हुने लोकसभा निर्वाचनको तयारी तीव्ररुपमा भइरहेको छ । लोकसभा चुनावको पहिलो चरण यही अप्रिल १९ मा सुरु हुँदैछ ।

निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ ।

उत्तराखण्डमा हेलिकप्टरको प्रबन्ध

निर्वाचनअन्तर्गत उत्तराखण्डमा सुरक्षित निर्वाचन सुनिश्चित गर्न हेलिकप्टरको प्रबन्ध गरिएको छ । उत्तराखण्डका अतिरिक्त मुख्य निर्वाचन अधिकारी विजयकुमार जोगदण्डेले सबै पाँच लोकसभा स्थानका लागि हुने निर्वाचनको मतदान केन्द्रमा भइरहेका तयारीबारे जानकारी दिँदै आपत्कालीन सेवाका लागि दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको जानकारी दिए ।

उनले यसपटकको मतदान हिंसा वा हताहतमुक्त हुने र कुनै आपतकालीन अवस्था नआउने बताए ।

“एउटा हेलिकप्टर गढवालमा र अर्का कुमाउमा तैनाथ गरिने र तिनलाई आपतकालीन उद्देश्यका लागि मात्र प्रयोग गरिनेछ । यसपटकको मतदान हताहत वा हिंसामुक्त हुनेछ, कुनै आपतकालीन अवस्था आउने छैन ।’’ जोगडाँडेले भने ।

पहाडी प्रदेशमा मतदाताको सहभागिता बढाउन राज्यभर ११ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिने भएको छ । यसैबीच, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बुधबार नैनीतालमा पत्रकारहरूसँग कुरा गर्दै लोकसभा चुनावमा ठूलो संख्यामा सहभागी हुन मतदाताहरूलाई आग्रह गरेका छन्।

पूर्व मुख्यमन्त्री रावत र हरिद्वारमा पूर्व मुख्यमन्त्रीका छोराबीच प्रतिस्पार्धा

हरिद्वार र उत्तराखण्डको अन्य चार लोकसभा निर्वाचन क्षेत्रहरूमा अप्रिल १९ मा आम चुनावको पहिलो चरणमा मतदान हुनेछ ।

यस क्षेत्रमा भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र उत्तराखण्डका पूर्व मुख्यमन्त्री हरिश रावतका छोरा कांग्रेसका वीरेन्द्र रावतबीच प्रतिस्पर्धा हुने भएको छ ।

हरिद्वार संसदीय क्षेत्र कुल १४ विधानसभाहरू मिलेर बनेको छ । बिजेपीले सन् २०१९ र २०१४ को लोकसभा चुनावमा हरिद्वारका सबै सीटमा जित हासिल गरेको थियो ।

उत्तराखण्डमा परम्परागत रूपमा भाजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुवै पार्टीले राज्यलाई आफ्नो राष्ट्रिय सङ्कल्प अनुसार सञ्चालन गर्न आवश्यक युद्धभूमिको रूपमा हेर्छन् ।

सोनितपुर जिल्ला निर्वाचन कार्यालयले बिहीबार पहिलो चरणको निर्वाचनका लागि मतदान कर्मचारीहरूलाई आ आफ्नो मतदान केन्द्रहरूमा पठाएको छ । डिब्रुगढ, जोरहाट, लखिमपुर, सोनितपुर र काजिरंगामा पहिलो चरणको निर्वाचन अप्रिल १९ मा हुँदैछ ।

मतदान कर्मचारी र सुरक्षाकर्मी खटिए

सोनितपुर संसदीय क्षेत्रका लागि बिहीबार असामको सोनितपुरको दराङ कलेजबाट मतदान टोली र सुरक्षाकर्मी पठाउन थालिएको छ ।

अतिरिक्त जिल्ला आयुक्त कविता काकती कोनवरले सोनितपुर आवश्यक मतदान कर्मचारीहरू मतदानमा संलग्न हुने जानकारी दिए ।
उक्त जिल्लामा करिब १५० मतदान केन्द्रहरू छन् ।

सबै निर्वाचन क्षेत्रहरूमा सुपरिबेक्षकहरू राखिएकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वास दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्