३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

१७ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बागलुङमा फापर खेती घट्यो

१७ कात्तिक, ढोरपाटन । लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ । व्यावसायिक रूपमा फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । रैथाने बाली फापरको आँटो, ढिडो, रोटीलगायत परिकार उपभोग गर्ने गरेकामा पछिल्लो समय आयातित खानेकुराको प्रयोग […]

समाचार समाज

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

१७ कात्तिक, काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुलेको छ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी) मा खुल्ला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न जंगी अड्डाले आज दरखास्त आह्वान गरेको हो । योग्यता पुगेकाहरुले नेपाली सेनाको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । त्यो फाराम प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर आफैं […]

समाचार समाज

सिंहदरबारभित्र र आसपासका क्षेत्रमा शनिबार चार घण्टा विद्युत आपूर्ति बन्द हुने

१७ कात्तिक, काठमाडौं । सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज जारी गरेको सूचनामा लेखिएअनुसार सिंहदरबार परिसरभित्रका सबै […]

मुख्‍य समाचार समाचार समाज

रिगललाई फेरि थुनामा पठाउने सर्वोच्चको फैसला (पूर्णपाठ)

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय […]

राजनीति समाचार समाज

अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले […]

भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

१६ कात्तिक, गलेश्वर । शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा र प्रौढ […]

अर्थ मुख्‍य समाचार

६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा एडीबीले लगानी गर्ने

१६ कात्तिक, काठमाडौं । एसियाली विकास बैंक(एडीबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।   टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत् गृहस्थलको […]

राजनीति

रिगलको मुद्दामा सर्वोच्चको फैसला : कैद छुट दिँदा पीडितको सहमति अनिवार्य

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कैदीलाई कैद छुट दिँदा पीडितको सहमति अनिवार्य लिनुपर्ने फैसला गरेको छ । व्यक्ति हत्यामा दोषी ठहर भएका योगराज ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कैद छुट दिने वा मिनाहा गर्ने निर्णय गर्दा कानुनले तोकेको प्रतिशतका अतिरिक्त पीडितको सहमति अनिवार्य लिनुपर्ने फैसला गरेको हो […]

राजनीति

रिगललाई तत्काल पक्राउ गरेर थुनामा राख्न अदालतको आदेश, प्रहरी भन्छ : खोज्दैछौं

१६ कात्तिक, काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद माफी गर्ने निर्णय बदर भएको छ । न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको […]

राजनीति समाचार समाज

रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध […]

मुख्‍य समाचार राजनीति

देश टाइटनिक जहाज डुबे जस्तै डुब्दैछ : सिके राउत

१६ कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन् । बिहीवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे । उनले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताए । उनले भने, ‘देश […]