३० फाल्गुन २०८२, शनिबार
अर्थ मुख्‍य समाचार

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

२० कात्तिक, गल्याङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ । जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ । […]

मुख्‍य समाचार समाचार समाज

जाजरकोट भूकम्पले आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

२० कात्तिक, त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र […]

समाचार समाज

‘अहिलेसम्म राहत पाएको छैन, खुला आकाशमै किरियापुत्री बस्नु परेको छ’

  २० कात्तिक, जाजरकोट । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्‍यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन् । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्‍यो । उनको […]

समाचार समाज

विद्यार्थीलाई किताब बोक्न नपर्दा …

२० कात्तिक, मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन् । विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाए पछि उनलाई हिजोआज सजिलो भएको छ । पहिले सबै किताब […]

समाचार समाज

प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने

१९ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ । आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । निर्णयमा अगाडि भनिएको छ, ‘पुनःनिर्माण कार्य अघि बढाउँदा […]

अर्थ समाचार समाज

पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

१९ कात्तिक, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन मगरले विद्यालयको आठ रोपनी जग्गामा सयपत्री फूलखेती गरेका हुन् […]

राजनीति

कांग्रेसले महान्त्रीद्वयको नेतृत्वमा भूकम्प ‘अनुगमन तथा सहजिकरण समिति’ बनाउने

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा भइरहेका काम र विपद व्यवस्थापनका लागि महामन्त्रीद्वयको नेतृत्वमा ‘अनुगमन तथा सहजिकरण समिति’ गठन गर्ने भएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार आइतबार बिहान पार्टी कार्यालय सानेपमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘महामन्त्रीद्वयको नेतृत्वमा विपद व्यवस्थापन सँगै ‘अनुगमन तथा सहजिकरण […]

समाचार समाज

जाजरकोटलाई आधार मानेर एकीकृत कार्ययोजनामार्फत पुन:निर्माण थालिने

१९ कात्तिक, काठमाडौं । सरकारले जाजरकोटलाई भूकम्पको आधार मानेर पुन:निर्माण कार्य अघि बढाउने भएको छ । आइतबार बिहान बसको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एकीकृत कार्ययोजना बनाइ पुननिर्माणको काम अघि बढाउने निर्णय गरेको हो । सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रहेकी रेखा शर्माले सरकारले पुन:निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाउने बताइन् । ‘पुन:निर्माणको काम […]

राजनीति समाचार समाज

कांग्रेसको महासमिति बैठक दुई साता पछि सर्‍यो

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो । यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो । तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । यसका कारण मंसिरको १३ र १५ […]

समाचार समाज

राहत र उद्धार एकद्वार प्रणालीबाट गर्न सुर्खेत मुख्य र नेपालगञ्ज सहायक सम्पर्क स्थान

१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट काम गर्ने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले त्यसका लागि कर्णालीको प्रदेश राजधानि सुर्खेतलाई मुख्य सम्पर्क स्थान र नेपालगञ्जलाई सहायक सम्पर्क स्थान बनाउने निर्णय गरेको हो । ‘प्रदेश राजधानी सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक […]

मुख्‍य समाचार राजनीति

जाजरकोट भूकम्पका मृतक परिवारलाई सरकारले २ लाख राहत दिने

१९ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले बाँकेको नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी […]

खेलकुद मुख्‍य समाचार

नेपालले टस जितेर ब्याटिङ गर्ने, दीपेन्द्रको स्थानमा सन्दीप जोरा

१९ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् । नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् । नेपालको टिमः रोहित पौडेल, कुशल […]