३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

कसैले चाहँदैमा गणतन्त्र संकटमा पर्दैन : प्रकाशमान

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कसैले चलखेल गर्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् । लौहपुरूष गणेशमान सिंहको १०९औं जन्मजयन्तिका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले जनताको संघर्षबाट स्थापित गणतन्त्र कमजोर नभएको बताए । ‘कसैले चाहँदैमा गणतन्त्र संकटमा पर्दैन, यो त्यति कमजोर होइन,’ उनले भने । उनले […]

मुख्‍य समाचार राजनीति

भूकम्पबाट घाइते थप एक जनाको मृत्यु, मृतकको संख्या १५४ पुग्यो

२४ कात्तिक, सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । विष्टको आज बिहान ९ बजे उपचारको […]

नियन्त्रणमा लिइयो कौशलटारमा फेला परेको चितुवा

२४ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी-३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र ललितपुरको […]

मधेश समाचार समाज

निजगढ विमानस्थलको निर्माण अघि बढाउने सरकारको निर्णय

२३ कात्तिक, काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विमानस्थल निर्माणबारे विज्ञ समूहले दिएको प्रतिवेदन कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, […]

राजनीति समाचार समाज

समस्याको सूची बनाएर समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

२३ कात्तिक, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायमा भौतिक तथा वित्तीय प्रगति हुन नसक्नुका कारण तत्काल पहिचान गरी समाधान गर्नुपर्ने बताएकी छिन् ।  साथै उनले समस्याका सूची बनाएर समाधान गर्दै जान निर्देशन दिइन् । मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान […]

कोशी प्रदेस समाचार राजनीति

सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्रीको चेतावनी

२३ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिंदै उनले संविधानले दिएको अधिकार नपाए चाँडै सिंहदरबारमा धर्ना बस्ने बताएका हुन् । संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका काममा समेत संघीय सरकारले हस्तक्षेप गरेको […]

समाचार समाज

तिहारमा पनि बिक्दैनन् मादल

२३ कात्तिक, ढोरपाटन (बागलुङ) । एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे । आजभोलि मादल बिक्री नहुँदा व्यवसायनै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य […]

मुख्‍य समाचार सूचना प्रविधि

एपमार्फत् प्रयोगकर्ताका डेटा लिनेमा फेसबुक पहिलो, टिकटकको अवस्था के छ ?

२३ कात्तिक, काठमाडौं । हामीले आफ्नो आवश्यकता अनुसार फोनमा विभिन्न खालका एपहरू डाउनलोड गर्दछौँ । यसरी फोनमा एप डाउनलोड गरेर प्रयोग गर्दा ती एपलाई आफ्नो फोनका विभिन्न डेटामा पहुँचको लागि अनुमति पनि दिनु पर्दछ । एपहरू चलाउनका लागि त्यस्तो अनुमति दिने शर्तहरू पालना नगरेसम्म एप चलाउन सक्दैनन् प्रयोगकर्ताले । हामी अधिकांसको बानी त्यस्ता एपहरूको मागेका अनुमतिका […]

अर्थ मुख्‍य समाचार

खाद्यले थापाथली केन्द्रबाट १०० रुपैयाँ किलोमा चिनी बेच्न थाल्यो

२३ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रुपैयाँ किलोमा चिनी बिक्री सुरु गरेको छ । बजारमा देखिएको चिनीको अभाव चिर्न साल्ट ट्रेडिङबाट खरिद गरेर बिहीबारदेखि चिनी बिक्री सुरु गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । ‘साल्ट ट्रेडिङबाट खरिद गरेको चिनी प्रतिउपभोक्ता २ किलोका दरले एक सय रुपैयाँ […]

मुख्‍य समाचार समाचार

रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

२३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ । निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिले ३ जेठ, २०८० मा संविधान दिवसको अवसरमा […]

मुख्‍य समाचार समाचार समाज

‘भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ’

२३ कात्तिक, भेरीगङ्गा (सुर्खेत)। जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिकरुपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण […]

बागमती मुख्‍य समाचार समाचार समाज

भरतपुरमा महसुल नतिर्नेको विद्युत् लाइन काटियो

चितवन, २३ कात्तिक : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ । कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट रु […]