३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आइएफआरसीद्वारा आपत्कालीन अपिल

२६ कात्तिक, काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ । उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्दछ । आइएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख […]

समाचार समाज

तिहार लागेसँगै बजारमा बढ्यो चहलपहल

२६ कात्तिक, काठमाडौं । तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ । बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ । गतवर्ष प्रतिकिलो १७ सय रुपैयाँ पर्ने काजु यो वर्ष १५ सयमा झरेको छ भने १३ सय रुपैयाँ […]

मुख्‍य समाचार समाचार समाज

विप्लव पञ्जियारको समूहले जित्यो प्रथम हुक्केहुक्का महोत्सवको उपाधि

२५ कात्तिक, ज्यामिरे (उदयपुर)। प्रथम उदयपुर हुक्केहुक्का महोत्सव-२०८०को उपाधि विप्लव पञ्जियारको समूह, ज्यामिरे-९ ले जितेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव-२०८० मा पञ्जियारको समूहले उपाधि जितेको हो । बेहड्वा थारू होम स्टे-१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान […]

मुख्‍य समाचार समाचार समाज

शान्तिवाटीकामा रमेश दुलालले गरे २०औ ‘काग’ सम्मेलन

२५ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ । एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौँ शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरे । उनले […]

मुख्‍य समाचार समाचार समाज

हजका लागि आवेदन दिने म्याद मङ्सिर १० सम्म

२५ कात्तिक, काठमाडौं । नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ । हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पुर्‍याइएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले जानकारी दिए । […]

अर्थ समाचार समाज

चितवनको कालिकामा केराखेती मासेर फूलखेती

२५ कात्तिक, नारायणगढ (चितवन) । चितवनको कालिका नगरपालिका-१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । वडा नं १ लङ्कालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको जग्गामा संयुक्तरुपमा फूलखेती थालेका हुन् । तीन बिघा क्षेत्रफलमा लगाइएको केराखेती मासेर व्यावसायिक सयपत्री फूलखेती थालिएको पौडेलले बताए । विगतका वर्षमा करोडौँको फूल विदेशबाट आयात […]

अर्थ मुख्‍य समाचार

‘सिरहामा पत्रकार थपलियाले बदलेको छवि’

२५ कात्तिक, सिरहा । धेरैलाई लाग्छ पत्रकारले अरुका सफलता र असफलताका कथा मात्रै लेख्छन् । आजभन्दा चार दशक अगाडिदेखि सिरहाको गोलबजार नगरपालिका-२ गुरुधामका अर्जुन थपलियाको सयम पनि अरुको बारेमा लेख्दै बितिरहेको थियो । अचेल भने उनी अरुका लागि समाचारको विषय बनेका छन् । पछिल्लो समय उहाँले व्यावसायिक तरकारी उत्पादक कृषकका रुपमा छवि बनाएका छन् । […]

अर्थ समाचार समाज

फूलमाला बिक्री गर्न महानगरले ४ स्थान तोक्यो

२५ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । नेपाली […]

मुख्‍य समाचार समाचार समाज

जाजरकोट भूकम्पमा तिहारपछि पुनर्निर्माण

२५ कात्तिक, भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण सुरू गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग अपिल गरेको छ । मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका […]

कोशी प्रदेस समाचार फोटो फिचर समाज

थारू संस्कृति जोगाउन उदयपुरको ज्‍यामिरेमा हुक्केहुक्का महोत्सव (तस्वीरहरू)

२५ कात्तिक, ज्यामिरे (उदयपुर)। थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा प्रथम उदयपुर हुकेहुका महोत्सव-२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम मनाइएको छ । नेपाल थारू संघ (समाजवादी) को आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा महोत्सव मनाइएको हो । महोत्सवमा हुक्केहुक्का प्रतियोगीतासमेत गराइएको छ, जसमा ७ वटा टिम सहभागी भएका छन् । […]

अर्थ समाचार समाज

दाङका किसानलाई तिहारको माला गाँस्न भ्याइनभ्याइ

२५ कात्तिक, घोराही (दाङ)। दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर फूल टिपेर माला बनाउन थालेका हुन् । यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगर पनि तिहारका लागि आजदेखि फूल […]

मुख्‍य समाचार राजनीति

भूकम्प प्रभावित क्षेत्रमा मंसिरभित्र ६० हजार अस्थायी आवास बनाउनुपर्छ : गगन थापा

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा मंसिरभित्र ५०–६० हजार अस्थायी आवास बनाउनुपर्ने बताएका छन् । कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले जाजरकोट र रुकुम पश्चिमको भ्रमणपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । जसमा जाडो सुरु हुनुअघि नै भूकम्प पीडितलाई […]