३० फाल्गुन २०८२, शनिबार
समाचार समाज

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारततर्फ निर्यात

२७ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको ७ कात्तिकमा […]

समाचार समाज

थारू समुदायले हुक्केहुक्का खेलेर भित्र्याए लक्ष्मी (तस्वीर/भिडियो)

२६ कात्तिक, उदयपुर। तराईमा बसोबास गर्ने आदिवासी थारु समुदायले घर-घरमा हुक्के-हुक्का खेलेर र सुप्पो (नाङ्लो) ठटाएर भूत, पिचास र दलिदर (राक्षस) लाई बाहिर निकालेर लक्ष्‍मी भित्र्याएका छन् । लक्ष्मीपूजाको दिन धनकी देवी लक्ष्मीलाई गाउँ गाउँमा हुक्केहुक्का खेलेर भित्र्याएका हुन् । पूर्वका थारु समुदायले लक्ष्‍मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस्, घरमा भएका भूत, पिचास र […]

बैंक–वित्त

आज धनधान्यकी देवी लक्ष्मीपूजा गरिँदै

२६ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर […]

बैंक–वित्त

ठूला भन्सार विन्दुले उठाउन सकेनन् लक्ष्य अनुसार राजस्व

२६ कात्तिक, काठमाडौं । सबैजसो ठूला भन्सार विन्दु लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासमा बढी वैदेशिक व्यापार हुने सबै ठूला भन्सार कार्यालयहरु लक्ष्य भेट्टाउन असफल भएका हुन् । नेपालमा सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट हुने गर्छ । यो भन्सार विन्दुबाट लक्ष्यको […]

राजनीति समाचार समाज

भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने

२६ कात्तिक, काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ । समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५/२५ हजार गरी दुई […]

मुख्‍य समाचार राजनीति

नेपाली श्रमिक लगेर काम नदिने साउदी कम्पनी कालोसूचीमा, म्यानपावर निलम्बित

२६ कात्तिक, काठमाडौं । नेपाली कामदार लगेर काम नदिई राख्ने साउदी अरेबियाको एक कम्पनीलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालका अनुसार ‘अब्दुल्ला बिन इशा बिन हमद अल अविदान जनरल कन्ट्राक्टिङ इस्ट कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । सो कम्पनीले नेपालबाट श्रम नियम पूरा गरी २०÷२५ जना नेपाली कामदार लगेको […]

समाचार समाज

तिहारमा भक्तपुरका फूल युरोप, अमेरिकासम्म निर्यात

२६ कात्तिक, भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुका घरका आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ । भक्तपुरको […]

राजनीति समाचार समाज

यसवर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

२६ कात्तिक, काठमाडौँ । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।

समाचार समाज

काठमाडौं महानगरले माग्यो २७ डाक्टर र ५ खाद्य विज्ञ

२६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका लागि आवेदन खुला गरेको छ । शनिबार महानगरपालिकाले एक सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतको लागि एमबीबीएस उतीर्ण गरेका जनशक्ति माग गरेको हो । महानगरका अनुसार शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुका लागि करारमा डाक्टर माग गरिएको हो । यस्तै महानगरले सञ्चालन […]

समाचार समाज

नवलपरासीको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

२६ कात्तिक, मध्यविन्दु (नवलपरासी),: नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । […]

मुख्‍य समाचार समाचार समाज

बागलुङमा बढ्यो भोटे कुकुरको माग

२६ कात्तिक, ढोरपाटन (बागलुङ) । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा-लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, […]

समाचार समाज

यसरी गर्न सकिन्छ घरमा आफैंले लक्ष्मीपूजा

२६ कात्तिक, काठमाडौं । आज कात्तिक कृष्ण आमावश्या अर्थात् गाईतिहारे औंसी तिथि । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ । तिहारको औंसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि र […]