३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

गैँडा मारेको घटना छानबिन गर्न समिति गठन

२ मंसिर, चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानबिन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा […]

मुख्‍य समाचार समाचार समाज

धनगढीमा भएको आगलागीबाट झण्डै १८ करोडको क्षति

२ मंसिर, धनगढी । धनगढीमा शनिबार राति भएको आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । धनगढी उपमहानगरपालिका-१ को एलएनचोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई भएको आगलागीबाट १७ करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार […]

समाचार समाज सूचना प्रविधि

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणले बनायो समिति

२ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ । दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गरेको हो । समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार […]

समाचार समाज

जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी पर्न थाले

२ मंसिर, जाजरकोट। भेरी नगरपालिका-१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उनकी छोरी घाइते भइन् । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किएका छन् । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भए । घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैँ […]

मुख्‍य समाचार समाचार समाज

जाडो छल्न नेपाल आइपुगे चरा

२ मंसिर, मोरङ । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि […]

समाचार समाज

छठ पर्व : सबैको मन जोड्ने सेतु

२ मंसिर, धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ । अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ गोन्द्राङ्ग सडक विस्तार : ४५ करोडको काम बाँकी नै, बजेट अभाव

२ मंसिर, चितवन । ठेक्का म्याद सकिन केही साता मात्रै बाँकी रहँदा चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनमा विस्तारमा बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सडक विस्तारका लागि विनियोजन गरिएको पाँच करोड बराबरको काम गरेर ठेकेदार कम्पनीले भुक्तानीसमेत लिइसकेपछि थप बजेट सरकारले दिएको छैन । बजेट नै नभएपछि तोकिएको म्याद २०८० […]

मुख्‍य समाचार समाचार समाज

खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री

२ मंसिर, महेन्द्रनगर । त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन् । ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो’, […]

समाचार समाज

कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री प्रचण्ड

२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप-२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् । नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु […]

समाचार समाज

प्रहरीलाई आक्रमण गरेको आरोपमा लप्सीफेदीबाट १४ जना पक्राउ

२ मंसिर, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् । […]

समाचार समाज सूचना प्रविधि

टिकटकलाई दूरसञ्चार प्राधिकरणको पत्र : प्रतिबन्ध कार्यान्वयनमा सघाऊ

१ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ । सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो । तर टिकटकले भने दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर नेपालको सरकारी संयन्त्रसँग मिलेर काम गरिरहेको बेला बन्द गर्ने […]

समाचार समाज

कात्तिकमा घट्यो घरजग्गा कारोबार

१ मंसिर, काठमाडौं । दशैं-तिहार जस्ता ठूला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको छ । दशैं-तिहार जस्ता चाडपर्व एकै महिनामा पर्न जाँदा सार्वजनिक बिदा धेरै हुँदा र नागरिकहरु पनि ‘फेस्टिभ मुड’ मा रहँदा घरजग्गाको कारोबारमा कमी आएको हो । गत आर्थिक वर्षमा असोजमा चाडपर्व परेकोले कारोबार घटेकोमा चालु आर्थिक वर्षमा भने कात्तिकमा कारोबार घटेको भूमि […]