३० फाल्गुन २०८२, शनिबार
राजनीति

आवधिक निर्वाचनका लागि ‘बार’ नै तोकेर प्रस्ताव

६ मंसिर, काठमाडौँ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ । निर्वाचन आयोगद्वारा गृह मन्त्रालयमा पठाइएको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक’मा राष्ट्रपति र उपराट्रपतिको निर्वाचन भने पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि गर्न प्रस्ताव छ […]

समाचार समाज

झापामा हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु

६ मंसिर, झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा […]

अन्तर्राष्ट्रिय

हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

६ मंसिर, काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज […]

राजनीति

राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर पनि निषेधाज्ञा

५ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भन्दै शितलनिवास र बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, तोकिएको निषेधित क्षेत्रमा ३० […]

खेलकुद

घरेलु मैदानमा यमनसँग नेपाल पराजित

५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन । त्रिपुरेश्वरस्थित दशरथ […]

मुख्‍य समाचार समाचार समाज

ललितपुरको यूएन हाउस र मन्त्री निवास आसपास ६ महिना निषेधाज्ञा

५ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आज अर्थात मंसिर ५ गतेदेखि लागु हुने गरी ६ महिनाका […]

अर्थ मुख्‍य समाचार

देशको अर्थतन्त्र उकास्न सरोकारवालासँग प्रधानमन्त्रीको छलफल

५ मंसिर, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे राजनीतिक दल, निजी क्षेत्र, अर्थतन्त्रका विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरेका छन् । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहालले सोमबार विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए । अर्थतन्त्र सुधारका अनेकौँ प्रयासका बाबजुद पनि समग्र आर्थिक […]

मुख्‍य समाचार समाचार समाज

भूकम्प प्रभावितलाई भारतको चौथो चरणको राहत

५ मंसिर, काठमाडौं । भारतले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री हस्तान्तरण गरेको छ । आज मंगलबार नेपाल आइपुगेका यी राहत सामग्री मंगलबार नै नेपाल सरकारलाई हस्तान्तरण गरियो । नेपाल चिकित्सक संघको माग अनुरुप यी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश […]

मुख्‍य समाचार राजनीति

बालुवाटारमा प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल सुरु

५ मंसिर, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले डाकेको तीनदलीय शीर्ष बैठकका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा […]

मुख्‍य समाचार राजनीति

गणतन्त्रविरोधी गतिविधि रोक्न आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूको माग

५ मंसिर, काठमाडौं । आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै परिवर्तनको रक्षा गर्न आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरुद्ध भइरहेका गतिविधिमाथि रोक लगाउन माग गरेका हुन् । नागरिकको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि भत्काउन पछिल्लो समय […]

मुख्‍य समाचार राजनीति

पप्पुका मालिकको एमाले प्रवेश

५ मंसिर, काठमाडौं । दर्शकदीर्घामा तीनथरि घेरा तोकिएका थिए– पुरुष, महिला र पत्रकार । मंगलबार एमाले अध्यक्ष केपी ओली आफैं पर्साको पोखरिया पुगेका थिए । विभिन्न दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रम भनिए पनि विवादास्पद पप्पु कन्स्ट्रक्सनका कुनै बेलाका सञ्चालक हरिनारायण रौनियारलाई एमाले भित्र्याउनु थियो । मंगलबार दिउँसो त्यो प्रयास सफल भयो । एमाले मधेश […]

खेलकुद समाज

यमन र नेपालबीचको पहिलो हाफ गोलरहित

५ मंसिर, काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल र यमनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । समूह एच अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालको फिनिसिङ राम्रो हुन सकेन । अग्रपंतिमा खेलेका जिलेस्पी जंग कार्की फिक्का देखिए । यमनका लागि ३२ […]