३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

बागमती समूह विजेता बन्दै केपी ओली कप क्रिकेटको सेमिफाइनलमा

८ मंसिर, पोखरा । लगातार दोस्रो खेल जित्दै बागमती प्रदेश पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बागमती […]

राजनीति

ओलीको टिप्पणी : मुर्खहरुले मात्र राजतन्त्र मान्छन्

८ मंसिर, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए । तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक […]

मुख्‍य समाचार समाचार समाज

पुर्वराजा ज्ञानेन्द्र शाह झापामा, भोलि शक्ति प्रदर्शन गर्ने

८ मंसिर, विराटनगर । पूर्व राजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा  अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा  रहेको इकम कलेज र कलेजमा  […]

मुख्‍य समाचार समाचार समाज

मानवअधिकार आयोगको अपील : घृणायुक्त अभिव्यक्ति बन्द गर

८ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्तिहरु रोक्न आग्रह गरेको छ । बिहीबार काठमाडौंमा भएको प्रर्दशनहरुमा एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएको आयोगले बताएको छ । आयोगले शुक्रबार वक्तव्य जारी गर्दै भनेको छ, ‘यस प्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मुल्य मान्यता विपरित भएको आयोगको […]

समाचार समाज

सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण मागेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार सो आदेश गरेको हो । शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका […]

मुख्‍य समाचार समाचार समाज

प्रसाईँलाई थुनामा राख्न खोजेको भन्दै सर्वोच्चमा रिट

८ मंसिर, काठमाडौं । दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन परेको छ । प्रसाईको राष्ट्र बचाउ अभियानले बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेको थियो । त्यसक्रममा झडप समते भएको थियो । प्रसाईँले तीनकुनेमा निरन्तर प्रदर्शन गर्ने घोषणा गर्दै नेता र बैंकका सीईओहरुमाथि आक्रमण गर्ने धम्की दिएपछि गृह प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरले मागेको ७१ प्रधानाध्यापक पदमा १५०  आवेदन

८ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले मागेको ७१ प्रधानाध्यापक पदमा  १५० वटा आवेदन परेको छ । महानगरले माग गरेको आधारभूत तह (१-५) ६ वटा पदको लागि ११ वटा,  आधारभूत तह (१-८) २२ पदको लागि ३१ वटा र माध्यामिक तहको ४३ पदको लागि १०८ वटा गरी जम्मा १५० आवेदन परेको जनाएको छ । महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट करारमा […]

अर्थ मुख्‍य समाचार

तिहारमा २४ करोड फूलको कारोबार

८ मंसिर, काठमाडौँ । यस वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था […]

राजनीति

अहिले व्यवस्थामाथि नभई प्रक्रिया र शैलीमाथि प्रश्न उठेको हो : उपप्रधानमन्त्री खड्का

८ मंसिर, काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गरे । उनले भने, ‘प्रश्न हाम्रो व्यवस्थामा उठेको होइन, प्रश्न हाम्रो […]

मुख्‍य समाचार समाचार समाज

पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

८ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो । यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । आजकै बैठकले सर्वोच्च अदालतका लागि […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

८ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९:४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

८ मंसिर, भोजपुर । भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका-३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । […]