मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना कम
२१ मंसिर, काठमाडौँ पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले काठमाडौंसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । बिहीबार विहानदेखि घाम नलागेका कारण चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेकका क्षेत्रमा मौसम सफा छैन । ‘यो आंशिक बदली मात्र हो, वर्षाको भने […]











