२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा, थप के-के निर्णय गर्‍यो मन्त्रिपरिषद्‌ले ?

१३ पुस, काठमाडौँ । झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट जारी छ वटा नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्द गरेको छ । यही पुस ५ र १२ गतेको मन्त्रिपरषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजहरुलाई नेपाली नागरिकबाट हटाइएको बताइन् । बैठकले नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन […]

मुख्‍य समाचार राजनीति

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा आउँछ : खानेपानीमन्त्री यादव

१३ पुस, सिन्धुपाल्चोक । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्‍याइने बताएका छन् । आयोजनाको मुहानस्थल अम्बाथानको शुक्रबार अवलोकन गर्दै मन्त्री यादवले द्रूतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे । उनले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै […]

समाचार समाज

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बहस सकियो, आजै आदेश आउने

१३ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । यो मुद्दामा आजै शुक्रबार आदेश आउनेछ। १६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो । यो मुद्दामा पटक पटक […]

समाचार समाज

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

१३ पुस, काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते […]

समाचार समाज

इपीएस परीक्षार्थीको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हान्‍यो अश्रुग्यास

१३ पुस, काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेका छ । ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास हानेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । […]

समाचार समाज

इपीएस परीक्षार्थीको प्रदर्शनले बालकुमारी तनावग्रस्त

१३ पुस, काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै […]

समाचार समाज

बालकुमारीमा भौतिक पुर्वाधार मन्त्री चढेको गाडीमा आगजनी

१३ पुस, काठमाडौं । बालकुमारीमा भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगो लगाइदिएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले गाडीमा आगजनी गरेका हुन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएको छ, […]

खेलकुद मुख्‍य समाचार

२३औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि हुने

१३ पुस, काठमाडौं । मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण आगामी माघ ९ देखि हुने भएको छ । आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता माघ ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको लागि सहारा क्लवलाई उक्त मितिमा स्विकृती समेत प्रदान गरेको […]

मुख्‍य समाचार समाचार समाज

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१३ पुस, बनियानी (झापा)। हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो । हात्तीको […]

मुख्‍य समाचार समाचार समाज

मुग्लिन पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

दमौली, १३ पुस : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए । केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको […]

अर्थ मुख्‍य समाचार

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

१३ पुस, इलाम । पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव […]

अर्थ मुख्‍य समाचार

म्याग्दीमा ८ महिनामा ६ पुल निर्माण

१३ पुस, म्याग्दी । म्याग्दीमा आठ महिनाका अवधिमा छवटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ । सङ्घीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन् । यस वर्ष दुईवटा मोटरेबल […]