१३ असार २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार

२३औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि हुने

१३ पुस, काठमाडौं । मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण आगामी माघ ९ देखि हुने भएको छ ।

आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता माघ ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको लागि सहारा क्लवलाई उक्त मितिमा स्विकृती समेत प्रदान गरेको छ । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ उक्त प्रतियोगिताको तयारी यसअघि नै सुरु गरिएको क्लवका महासचिव रामजी अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसअघि भएको २२औं संस्करणको उपाधि संकटा क्लब काठमाण्डौंले जितेको थियो ।

२०५५ सालमा स्थापित सहारा क्लबले २३ वर्षदेखि निरन्तर रुपमा आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected