२९ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

पीएम कप महिला क्रिकेटमा एपीएफ अपराजित हुँदै क्वालिफार्यसमा

१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको लिगचरणमा अपराजित हुँदै एपीएफ क्वालिफायर्समा पुगेको छ । लिगको अन्तिम खेलमा बागमतीलाई ४७ रनले पराजित गर्दै एपीएफ सीधै क्वालिफार्यसमा पुगेको हो । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धरित २० ओभरमा तीन विकेट गुमाएर १२६ रन बनाएको थियो । १२७ रनको लक्ष्य पछ्याएको बागमतीले […]

खेलकुद मुख्‍य समाचार

आर्थिक समस्याका बीच मोफसलमा फुटबल एकेडेमी

१४ पुस, मोरङ । बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिन्छन् । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका विद्यार्थीलाई दैनिक बिहान प्रशिक्षक लिम्बूले फुटबलको तालिम गराई रहेका छन् । मोफसलमा बढ्दो फुटबल खेलप्रति बालबालिकाको आकर्षणलाई मध्यनजर गर्दै जिल्ला फुटबल सङ्घ मोरङले कात्तिक १२ […]

खेलकुद समाचार समाज

एनएसएल उपाधिका लागि धनगढी र ललितपुर भिडन्त

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ को उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स यसअघि नै एलिमिनेटरमा ललितपुरसँग पराजित हुँदै बाहिरिएपछि एनएसएलले नयाँ विजेता पाउने पक्का भएको हो । पहिलो संस्करण फाइनल […]

मुख्‍य समाचार समाचार समाज

ठेकेदारको लापरबाहीले खोटाङको स्वास्थ्यचौकी भवन अलपत्र

१४ पुस, खोटाङ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो । भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले […]

मुख्‍य समाचार समाचार समाज

सौराहामा मनाइयो हात्तीको वनभोज

१४ पुस, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटल […]

मुख्‍य समाचार समाचार समाज

नारायणीमा नयाँ पुलको काम सुरु

१४ पुस, चितवन । नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु. एक अर्ब ६८ करोड ७६ लाखमा […]

मुख्‍य समाचार समाचार समाज

रुपन्देहीमा ७ वर्षीया बालिकाको हत्या

१४ पुस, भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा शनिबार फेला परेको हो । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रदेशमा अधिकार माग्दै मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

१४ पुस, काठमाडौं । संघीयता कार्यान्वयन गराउन मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरुले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । उनीहरूले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै […]

मुख्‍य समाचार समाचार समाज

ईपीएस परीक्षाले भन्याे : सीप बिल्डिङको परीक्षामा सहभागीले उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाउँछ

१४ पुस, काठमाडौं । दक्षिण कोरियामा उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ)मा काम गर्नका लागि जहाज निर्माण (सिप बिल्डिङ)मा भाषा परीक्षा दिएकाहरू पनि सहभागी हुन पाउने भएका छन् । जहाज निर्माणका लागि आवेदन दिएर बसेका ३० हजार बढी परीक्षार्थीका लागि उत्पादन क्षेत्रमा पनि भाषा परीक्षा दिने निर्णय गर्दै वैदेशिक रोजगार विभागले आवेदन खुला गरेको छ । उनीहरीका लागि […]

मुख्‍य समाचार समाचार समाज

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

१३ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । […]

मुख्‍य समाचार समाचार समाज

जनयुद्ध दिवस मनाउने निर्णय बदर

१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा […]

समाचार समाज

इपीएस कार्यालयले भन्योः सबैले आवेदन गर्नसक्ने तयारी भइरहेको छ

१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालयले पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएकालाई उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिने तयारी गरिएको जनाएको छ । पानीजहाज निर्माण क्षेत्रमा परीक्षा दिएकालाई उत्पादनमुलक क्षेत्रमा आवेदन दिन नपाउने निर्णय पछि युवाहरु आन्दोलित भएका थिए । उत्पादनमुलक क्षेत्रमा पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै भएको विरोधमा शुक्रबार दुई युवाको ज्यान […]