८ पुष २०८२, मंगलवार
अर्थ समाचार

चितवन मिल्क  तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पु¥याएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए। असार महिनामा पनि उद्योगमा दूधको […]

अर्थ

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, खोजी कार्य जारी

२६ असार, काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए […]

अर्थ समाज

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

२६ असार, नुवाकोट । ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।’ भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो । […]

अर्थ

युट्युब, टिकटकबाट सीप सिक्दै  कैलालीका महिला

२६ असार, धनगढी । कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छिन् ।  पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी छिन् […]

समाज

बजेट संशोधन गर्न सुदूरपश्चिम सरकार तयार

२६ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेपछि दबावमा परेको सरकार संशोधन गर्न तयार भएको हो । तीन दलले बजेट पारित गर्न नसकिने निर्णय गरेलगत्तै सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को […]

समाज

विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

२५ असार, काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका […]

मापदण्ड बाहिरका संरचनामा पोखरा महानगरको डोजर

२५ असार, पोखरा । पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो । पोखरा–९ पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र पर्ने संरचना हटाइने महानगर प्रमुख आचार्यले बताए। अवैध […]

समाज

संसदको अवरोध खुलाउन एमाले सकारात्मक, प्रधानमन्त्रीले सम्बोधन गर्ने

२५ असार, काठमाडौं । संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् । बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष केपी शर्मा […]

समाज

मन्त्री साउद भन्छन्- परराष्ट्र मन्त्रालयको पुनर्गठन आवश्यक छ

‘मान्छे विदेश गइरहेको छ, उसलाई सहयोग गर्ने निकाय छैन’ २५ असार, काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले परराष्ट्र मन्त्रालयको पुनर्गठन आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा न्यूनतम जनशक्ति पनि नभएको भन्दै उनले ओएनएम सर्भे गर्नुपर्ने बताए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘रि–स्ट्रक्चरिङ गर्नुपर्ने कुरा र ओएनएम गर्नुपर्ने कुरा मैले […]

समाज

भोलिदेखि साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा

२४ असार, काठमाडौं। चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु […]

समाज

ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

२४ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा […]

समाज

संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयारसंसदमा

२४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ । एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै पटक भारत गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । यसले संसदको अपमान गरेको […]