१३ असार २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार

पीएम कप महिला क्रिकेटमा एपीएफ अपराजित हुँदै क्वालिफार्यसमा

१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको लिगचरणमा अपराजित हुँदै एपीएफ क्वालिफायर्समा पुगेको छ ।

लिगको अन्तिम खेलमा बागमतीलाई ४७ रनले पराजित गर्दै एपीएफ सीधै क्वालिफार्यसमा पुगेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धरित २० ओभरमा तीन विकेट गुमाएर १२६ रन बनाएको थियो ।

१२७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७९ रनमा सीमित भएपछि एपीएफ ४७ रनले विजयी भएको हो ।

बागमतीका लागि सोनी पाख्रिनले सर्वाधिक २० रन बनाइन् । यशु पाण्डेले १८ बलमा ३ चौकासहित १७ रन बनाइन । खुसी डंगोल र संस्कृति फूयाँल क्रमशः १० र २ रनमा अविजित रहे ।

एपीएफका लागि सुमन विष्टले सर्वाधिक २ विकेट लिइन् । सोनु खडेका, करुणा भण्डारी, नेरी थापा र सीता राना मगरले समान एक/एक विकेट लिइन् ।

त्यसअघि ब्याटिङ गरेको एपीएफका लागि सीता राना मगर सर्वाधिक ४४ रन बनाइन् । उनले ५० बलमा ४ चौका प्रहार गरिन् । ज्योती पाण्डेले १३, इन्दु बर्माले २८ रन बनाइन् । रोमा थापा १९ रन र ममता चौधरी १२ रनमा अविजित रहे ।

बागमतीका लागि संस्कृति फूयाँल, मनिषा उपाध्याय र सविका यादवले एक/एक विकेट लिइन् ।

एपीएफसँग परािजत भए पनि बागमती पनि प्लेअफ पुगिसकेको छ ।

एपीएफले ७ मा ७ जितसहित १४ अंकको साथमा शीर्ष स्थानमा छ भने बागमती ७ मध्ये ४ मा जित र तीनमा हार बेहोरेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected