१३ असार २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार

आर्थिक समस्याका बीच मोफसलमा फुटबल एकेडेमी

१४ पुस, मोरङ । बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिन्छन् । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका विद्यार्थीलाई दैनिक बिहान प्रशिक्षक लिम्बूले फुटबलको तालिम गराई रहेका छन् ।

मोफसलमा बढ्दो फुटबल खेलप्रति बालबालिकाको आकर्षणलाई मध्यनजर गर्दै जिल्ला फुटबल सङ्घ मोरङले कात्तिक १२ गतेदेखि ‘अण्डर १३ एन्फा मोरङ फुटबल एकेडेमी’ सञ्चालनमा ल्याएको हो । जिल्ला सदरमुकाम विराटनगरभन्दा करिब ३० किलोमिटर टाढा मोफसलमा एकेडेमी सञ्चालनमा आएको हो ।

पर्याप्त आर्थिक अभावको बीच मोरङमा आवाससहितको फुटबल एकेडेमी सञ्चालनमा ल्याइएको सङ्घका उपाध्यक्ष नारायण लिङ्थेपले बताए । राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्थामा जिल्लाको खेलकुद विकासका लागि सङ्घले पहिलोपटक एकेडेमी सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।

बेलबारी–८ राधानगरमा रहेको सिंहदेवी बोडिङ स्कुलको सहकार्यमा आवासको व्यवस्थासहित सञ्चालित एकेडेमी फुटबल खेलमा भविष्य खोज्नेको लागि आकर्षक गन्तव्य बनेको सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीले बताए । उनका अनुसार जिल्लाका विभिन्न पालिकाबाट करिब चार सय जना १३ वर्षमुनिका फुटबल प्रेमी विद्यार्थीबाट छनोट भएर आएका ३० जनालाई मोरङको बेलबारी–८ राधानगरस्थित खेल मैदानमा प्रशिक्षित गरिराखिएको छ ।

एसियाली फुटबल महासङ्घ सि लाइसेन्स कोचिङ कोर्ससमेत पास गरिसकेका प्रशिक्षक लिम्बूबाट आफ्नो छोरालाई प्रशिक्षित गराउने अवसर पाउँदा खुसी लागेको प्रशिक्षार्थी विजल श्रेष्ठका बुबा बाबुराम श्रेष्ठले बताए ।

‘देशकै नमूनाको रुपमा जिल्ला फुटबल सङ्घले सञ्चालन गरेको अण्डर १३ फुटबल एन्फा एकेडेमीलाई स्थायित्व दिलाउन केन्द्रबाट सहयोग जुटाउन लागीपरेका छौँ”, अखिल नेपाल फुटबल सङ्घका सहायक महासचिव वसन्त अर्यालले भने । उनका अनुसार फुटबल एकेडेमीका रुपमा अन्य ठाउमा पनि एकेडेमी सञ्चालन भए पनि आवाससहितको नेपालकै पहिलो मोरङको बेलबारीमा मात्र रहेको छ ।

मोरङको सफलतासँगै देशका विभिन्न जिल्लामा स्थानीय सरकारको सहयोगमा एकेडेमी सञ्चालन गर्ने योजना रहेको अर्यालले जानकारी दिए । “सुनसरीको धरानमा फिफा गोल प्रोजेक्टको योजनाअन्तर्गत ट्रेनिङ एकेडेमी सञ्चालचमा रहेको थियो”, उनले भने, ‘आर्थिक अभावका कारण हाल सञ्चालन हुन सकेको छैन ।”

सहायक महासचिव अर्यालले प्रदेश सरकारले सहयोग गरे आगामी शैक्षिक सत्रदेखि प्रदेशस्तरीय फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार धरानको एकेडेमीबाट उत्पादित धेरै खेलाडी राष्ट्रिय टिमसम्म पुग्न सफल भएको छ । अनिल ओझा, हेमन्त थापामगर, संजोग राई राष्ट्रिय टिममा सहभागी भइसकेका छ भने हिसुव थपलीया र गोल रक्षकका रुपमा अभिषेक बराल हाल सहभागी छन् ।

“विसं २०७४ देखि गत वर्षसम्म सञ्चालित बेलबारी–८ मा रहेको एम्ब्रियो फुटबल एकेडेमीमा ५० विद्यार्थी थिए । केहीले १५ वर्ष मुनि (अण्डर–१५) को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तर्राष्ट्रिय खेलसमेत खेल्ने मौका पाएका छन्”, सिंहदेवी बोर्डिङका सञ्चालक रविन थापाले भने, ‘फुटबल सङ्घले जिल्लामा एकेडेमी सञ्चालन गरेपछि हामीले सङ्घलाई नै सहयोग गरिरहेका छौँ ।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected