७ जेष्ठ २०८१, सोमबार
मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए सपथ

२७ वैशाख, धनगढी । १५ बैशाखमा भएको उपनिर्वाचनमा बझाङ १ को ९क० निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो ।

भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।

भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्