२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

एसएस फाउन्डेसनले ज्येष्ठ नागरिकलाई बाड्यो न्यानो कपडा

२६ पुस, काठमाडौं । काठमाडौंस्थित एसएस फाउन्डेसनले ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । बढ्दो जाडोबाट असहायहरूलाई जोगाउने योजनासहित फाउन्डेसनले बुधबार न्यानो लुगा बाँडेको हो। कालिमाटीस्थित डिभाइन पार्टी प्यालेसमा पालिजा: स्वाँ नेवा: पुच:को आयोजनामा न्यानो लुगा वितरण गरिएको हो। फाउन्डेसनको सहयोगमा कालिमाटीमा १६१ जना बालबालिका, एकल महिला र वृद्धवद्धालाई राष्ट्रिय […]

मुख्‍य समाचार समाचार समाज

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

२६ पुस, धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल […]

मुख्‍य समाचार समाचार समाज

टुँडिखेलमा राखेको सामान काठमाडौं महानगरले हटायो

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा निर्माण गर्ने कम्पनीले टुँडिखेलभित्र राखेको निर्माण सामग्री हटाएको छ । नगरप्रहरीले टुँडिखेलको शहिदगेट तर्फ राखिएको मेसिन, डोजर, पेट्रोल ट्याङ्क, मजदुर बस्ने टहरा भत्काएको हो । ‘ठेकेदारले लामो समयदेखि ठाउँ कब्जा गरेर राखेको सामग्री हटाउँदै छौं । यहाँ डोजर नै प्रयोग गरेर टहरा भत्काइरहेका छौं’, बुधबार साँझ टुँडिखेलमा […]

समाचार समाज

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश […]

कोशी समाज

उदयपुरमा चौथो माघी (तिला–संक्राईत) महोत्सव आयोजना हुने

२४ पूष, उदयपुर । उदयपुरमा चौथो माघी (तिला–संक्राईत) महोत्सव–२०८० आयोजना हुने भएको छ । संघर्षशिल युवा समुहको आयोजनामा माघ २ गते त्रियुगा न. पा. १३ स्थिति बहेडवामा महोत्सव हुने भएको हो । महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, कलश यात्रा, थारु परिकारको स्टलहरु, उदयपुरका चर्चित थारु गायक–गायिकाहरुको प्रस्तुती तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाईएको छ । […]

मुख्‍य समाचार राजनीति

कोशीमा सभामुख चयन लगत्तै अन्त्य गरियो प्रदेशसभा अधिवेशन

२५ पुस, विराटनगर । कोशी प्रदेशसभाको चालू चौथो  अधिवेशन अन्त्य भएको छ । मंगलबार सभामुखको निर्वाचनपछि बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख प्रशुराम समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस लगतै प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् । १६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुखको निर्वाचन मंगलबार भएको थियो ।  राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध सभामुख निर्वाचित भएका थिए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन […]

मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । विधान मस्यौदामाथि छलफल गर्न र चार महिने अभियानको समीक्षा गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको हो । पार्टी सचिव राम कार्कीका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ भने चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत […]

समाचार समाज

रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक

२५ पुस, काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ । बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो । मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । […]

समाचार समाज

बम्जनको घरमा भेटियो पैसाको चाङ

२५ मंसिर, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ […]

बैंक–वित्त

चिसो बढेपछि महोत्तरीका सामुदायिक विद्यालय बन्द

२५ पुस, जलेश्वर (महोत्तरी । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ–मुग्लिन सडक ३ साता बन्द हुँदै

२५ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ […]

समाचार समाज

तनहुँमा जिप पल्टिँदा २ जनाको मृत्यु, १० जना घाइते

२५ पुस, काठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा घाइते भएका १२ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको बौदीकाली […]