३ हजार ९४० मेगावाट पुग्यो विद्युत् जडित क्षमता, ९८ प्रतिशतको घरमा बिजुली
१ जेठ, काठमाडौं । नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । साथै, ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए











