२८ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि

२ जेठ , काठमाडौं । महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुमाथि छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ ?पैयाँ ३२ पैसा र बिक्री दर १३३ ?पैयाँ ९२ पैसा रहेको छ । मंगलबार डलरको खरिद दर १३३ ?पैयाँ ३६ पैसा र बिक्री दर १३३ ?पैयाँ ९६ पैसा […]

मुख्‍य समाचार समाचार

कोशी र गण्डकीमा पानी पर्ने सम्भावना

२ जेठ , काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण बुधबार कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा […]

समाचार समाज

ग्यालेक्सी टीभीविरूद्ध हिमालयन बैंक अदालतमा, पैसा खाइदिएको आरोप

१ जेठ, काठमाडौं । आफूले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै हिमालयन बैंकले गोर्खा मिडिया प्रालि(ग्यालेक्सी फोर के टीभी) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गोर्खा मिडिया प्रालिले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको कार्यक्रम ‘को बन्छ करोडपति’ को दोस्रो सिजनको प्रायोजन हिमालयन बैंकले गरेको थियो । उक्त कार्यक्रम […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

बझाङ्गमा जीप दुर्घटना

१ जेठ , काठमाडौ । बझाङ्गमा जीप दुर्घटना भएको छ । जिल्लाको तलकोट गाँउपालिका – १ चौरमा मंगलबार बेलुका जिप दुर्घटना भएको हो । यधपी जिप नम्बर भने खुलेको छैन । जिप तपोवनबाट चैनपूर तर्फ आइरहेको र अहिले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।  

पर्यटन मुख्‍य समाचार समाचार समाज

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै

१ जेठ, कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका-३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जङ्गलै जङ्गलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकाले यसलाई हेल्मेट डाँडाका रुपमा लिइन्छ । डाँडाको प्राकृतिक सुन्दरतासँगै विभिन्न पर्यटकीय पूर्वाधार विकास गरी स्थानीयले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अघि बढाएका छन् । […]

भिडियो मुख्‍य समाचार राजनीति

छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने (भिडियो)

१ जेठ, काठमाडौँ । नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पनि पुनःसंरचना गरी थप प्रभावकारी बनाइने उल्लेख गरेको छ । दुर्गम क्षेत्रका […]

मुख्‍य समाचार राजनीति

नीति तथा कार्यक्रमले क्रमिक सुधारको बीउ रोप्योः स्वर्णिम वाग्ले

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी आएको बताएका छन् । मंगलबार सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै क्रमिक सुधार गर्ने गरी आएको वाग्लेले बताए । ‘दर्जनौं क्रमिक सुधारका विउँहरु यसपटक राखिएको छ । बजेटसँग लिंकेज हुने सम्भावना ह्वात्तै […]

खेलकुद मुख्‍य समाचार

सन्दिप लामिछानेको मुद्दामा आज फैसला नआउने, हेर्दाहेर्दैमा

१ जेठ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो । क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ […]

मुख्‍य समाचार समाज

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

१ जेठ, काठमाडौँ । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवाहक राजदूत डा सवेस्टियन डोमजाल्स्कीबीचको भेटमा चेम्बरले पोल्याण्डलाई लगानी गर्न आग्रह गरेको हो […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी, बैठक ३ गतेका लागि स्थगित

१ जेठ, काठमाडौं । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए । लगतै राष्ट्रपतिलाई धन्यवाद दिने प्रतिनिधिसभाको बैठक बसेको थियो । तर सभामुख […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिन पाएन

१ जेठ, काठमाडौं । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए । लगत्तै राष्ट्रियसभाको बैठक बसेको थियो, जहाँ राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर […]