२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ : ओली

४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । ‘…यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुन तोलामा ७ सय रुपैयाँले घट्यो

४ माघ, काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार १ लाख १७ हजार ५ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार पनि […]

मुख्‍य समाचार समाचार समाज

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

४ माघ, काठमाडौं । १५ लाख घुस रकमहित बनेपा नगरपालिका वडा -९ का अध्यक्ष नृपेश वादे पक्राउ परेका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्। वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन्। […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : तराईमा हुस्सु, हिमाली भेगमा हिमपात

४ माघ, काठमाडौँ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि […]

मुख्‍य समाचार राजनीति

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

४ माघ, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान युगान्डा प्रस्थान गरेकाले राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोकेकको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । […]

मुख्‍य समाचार समाचार समाज

एकै वर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने मनिषा

४ माघ, रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् । उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव

४ माघ, काठमाडौं । राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभा नियमावली २०८० को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । समिति सचिवालयले तयार पारेको प्रस्तावमा राष्ट्रिय सभाका विषयगत समितिको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन उल्लेख छ । ‘मूल नियमावलीको ठाउँ-ठाउँमा रहेको ‘सभापति’ भन्ने शब्दको सट्टा ‘अध्यक्ष’ भन्ने शब्द र ‘सभापतित्व’ भन्ने […]

मुख्‍य समाचार सूचना प्रविधि

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

४ माघ, काठमाडौं । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको […]

मुख्‍य समाचार समाचार समाज

सशस्त्र प्रहरीको प्रस्तावित ऐन : महानिरीक्षकको पदावधि घटाउने

४ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो सेवासम्बन्धी नयाँ ऐन ल्याउनका लागि गृहकार्य थालेको छ । यसका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पठाउने तयारी छ । सशस्त्र प्रहरी बल उच्च स्रोतका अनुसार, ऐनमार्फत सशस्त्र प्रहरी बलका विभिन्न दर्जाका पदावधिमा हेरफेर गर्ने प्रस्ताव अघि बढाउन लागिएको छ । त्यसको मस्यौदा समेत सशस्त्र […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

४ माघ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, […]

अर्थ मुख्‍य समाचार

सरकार र एडिबीबीच २१ अर्बको ऋण र ७० करोड बराबरको अनुदान सम्झौता

३ माघ, काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा […]