बोक्सी भन्दै हत्या गरेर फरार रहेको आरोपमा दुई पक्राउ
५ माघ, काठमाडौं । बोक्सी आरोपमा हत्या गरेर फरार रहेको आरोपमा दुई जनालाई प्रहरी पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए । उनका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई […]











