एनजीओको सहयोग नलिन संसदीय समिति सभापतिलाई सभामुखको निर्देशन
७ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले गैरसरकारी संस्था (एनजीओ) को सहयोग आफूखुशी नलिन संसदीय समितिका सभापतिहरुलाई निर्देशन दिएका छन् । आइतबार सभामुख घिमिरेले प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुसँग छलफल गरेका थिए । छलफलमा उनले एनजीओहरुले संसदीय समितिमा हस्तक्षेप गरेको विषय आफूले सुनेको कुरा उठाए । ‘एनजीओलाई तपाईंहरु नल्याउनुस्’, उनले निर्देशन दिए, ‘सहयोग लिनै परे संसद […]










