२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

दाङमा बालविवाहविरुद्ध अभियानमा सक्रिय हुँदै किशोरी

२ जेठ, दाङ । रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन् । “विवाहबारे कल्पनासमेत गरेकी थिइनँ । भर्खर आठ कक्षा पढ्दै गरेकी मलाई त्यो कुरा सुन्दा कस्तो भयो होला! त्यसैमा आमाबाटै राम्रो […]

मुख्‍य समाचार समाचार समाज

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाइ […]

मुख्‍य समाचार समाचार समाज

श्रीलङ्काबाट उद्धार गरिएकामध्ये एकले खुलाए बेचबिखनमा संलग्नको पहिचान

२ जेठ, काठमाडौँ । माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिड -१९ को बेला श्रीलङ्काबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताएकी छन् । उनले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताए । कठमाडौँमा आज मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना […]

अर्थ मुख्‍य समाचार समाचार

सेयर बजार घट्यो, कारोबार रकममा गिरावट

२ जेठ, काठमाडौं । चार दिनयता बढेको सेयर बजार बुधबार घटेको छ । नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रह्यो । ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ […]

मुख्‍य समाचार राजनीति

सडक सुरक्षासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्‌मा दर्ता

२ जेठ, काठमाडौं । सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा प्रस्तावक रहेको प्रस्ताव बुधबार राष्ट्रिय सभामा दर्ता भएको हो । प्रस्तावको समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा, नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, एमालेकी भगवती न्‍यौपाने, एकीकृत समाजवादीकी मदनकुमारी शाह, जनता समाजवादी पार्टीका मोहम्द […]

मुख्‍य समाचार राजनीति

गगन थापामाथि खनिए ओली, संसद बैठकमा उदण्डता देखाएको आरोप

२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रश्तुत गरेको बताएका छन् । बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रश्तुत भएर उदण्डता देखाएको बताएका हुन् । उनले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने […]

मुख्‍य समाचार राजनीति समाचार

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ–अध्यक्ष ओली

२ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण छैन भने । उनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबीच भेट

२ जेठ, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानसँग आज विविध विषयमा कुराकानी भएको छ । काठमाडौँको सोल्टी होटलमा भएको भेटमा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रशंसा गरे। उनले भने, “नेपाल र युरोपियन युनियनबीच सन् १९७४ देखि […]

मुख्‍य समाचार समाचार

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेका सातभन्दा बढीको उद्धार

२ जेठ, काठमाडौ । भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात जनालाई निम का थाना जिल्लामा उद्धार गरिएको बुधबार एक अधिकारीले बताएका छन् । अधिकारीका अनुसार बुधबार बिहान तीन जनालाई उद्धार गरिएको थियो भने हालसम्म उद्धार गरिएमा व्यक्तिको सङ्ख्या १० पुगेको छ । यसैगरी खानीमा फसेका बाँकीलाई निकाल्ने प्रयास भइरहेको छ । “घटनास्थलबाट […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

२ जेठ, मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरुको दुर्घटना बीमा गरेको हो । ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरको बङ्क-नाइल सडकसँगै पुल निर्माण पनि सुस्त

२ जेठ , कञ्चनपुर सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनामा पर्ने कञ्चनपुरको बङ्क–नाइल–बुडर सडकखण्डमा निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने उद्देश्यले निर्माण थालिएको उक्त खण्डका लागि बर्सेनि बजेट आउने गरे पनि निर्माण कम्पनीको लापरबाहीका कारण कार्यप्रगतिमा ढिलाइ हुँदै गएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बङ्कबाट (शून्य विन्दु) सात किलोमिटर सडक कालोपत्रका […]

मुख्‍य समाचार समाचार

तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति

२ जेठ, तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का कार्यलाई तीव्रता दिँदै आएकाले उक्त कार्य प्रगति हासिल गरेको हो । प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भइसकेको […]