२८ फाल्गुन २०८२, बिहीबार
राजनीति समाचार समाज

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याललाई संयोजक तोकेको हो । यस्तै कानून […]

मुख्‍य समाचार समाचार समाज

बरुण नदीमा विद्युत् उत्पादनमा रोक लगाउन माग

१९ माघ,  संखुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको बरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ । मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादनमा रोक लगाइएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताए । […]

समाचार समाज

सांसदलाई निर्वाचन क्षेत्र जान महिनामा ५ दिन समय छुट्याइने

१९ माघ, काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा संलग्न हुनका लागि महिनामा पाँच दिन सम्म समय दिइने भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय लिएको हो । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार बैठकमा सभामुख घिमिरेले प्रस्तावित संसदीय […]

मुख्‍य समाचार समाचार समाज

पर्वतको लोप्रेमा ११औ हुचिल उत्सव सुरू

१९ माघ, काठमाडौं । लाटोकोसेरो तथा हुचिल उत्सवको ११औ संस्करण पर्वतको लोप्रेमा आजदेखि सुरू भएको छ । संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि पर्वतको जलजला गाउँपालिकास्थित लोप्रे गाउँमा यो उत्सव सुरू भएको हो । लाटोकोसेरोलाई किसानको साथी भनेर पनि चिन्ने गरिन्छ । विगत ८ वर्षदेखि लाटोकोसेरो उत्सव नेपालमा पनि मनाउन थालिएको हो […]

अर्थ मुख्‍य समाचार समाचार

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको आयोजनामा सहकारी नेतृत्व तथा संस्थागत विकास तालिम सम्पन्न

१९ माघ, काठमाडौं । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको आयोजनामा १५ दिने “सहकारी नेतृत्व तथा संस्थागत विकास” बारे तालिम सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी तालिमको औपचारिक रुपमा समापन गरिएको हो । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य विष्णु पौडेलको सभाध्यक्षतामा तथा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेको प्रमुख अतिथ्यतामा […]

मुख्‍य समाचार समाचार समाज

लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु

१९ माघ, काठमाडौं । संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा गएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ । लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत् सिपाही सुवास थापाको १८ माघमा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । दोलखा स्थायी घर भएका सिपाही थापा उक्त गणको हेक्वार्टरको बंकरमा […]

राजनीति

कांग्रेस संसदीय दलको बैठक सुरू, ज्ञानेन्द्र कार्की उपस्थित

१९ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक सुरू भएको हो । बैठकमा कांग्रेसका पदाधिकारीहरू उपस्थित भएका छन् । अख्तियारले पटक-पटक बोलाउँदा नगएका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की कांग्रेसको संसदीय दलको बैठकमा भने उपस्थित भएका छन् । सोमबारदेखि सुरु […]

खेलकुद समाचार समाज

नेपाललाई एकै ओभरमा दुई विकेट

१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध एकै ओभरमा दुई विकेट हात पारेको छ । १४औं ओभरमा नेपालले भारतका दुई विकेट लिँदै खेलमा फर्किने संकेत देखाएको छ । तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट […]

मुख्‍य समाचार समाचार समाज

३ महिना लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको हो

१९ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन महिना लामो अनुसन्धानपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ । सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अनित नारायण थापासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हठात पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले […]

अर्थ समाचार समाज

इलाममा उदाहरणीय बन्यो किसान चापागाईको सुन्तला बगान

१९ माघ, इलाम । इलामका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गरेको सुन्तला खेती लोभलाग्दो छ । यस वर्ष उनले रु १० लाखमा बगान बिक्री गरे । लटरम्म फलेका सुन्तला चाख्न, फोटो खिच्न र खेतीको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विकासका सहयोगी हुनुपर्ने बैंकहरु मिटरब्याजी भएः  ओली

१९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । शुक्रबार बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘बैंकहरुले नराम्रो नमान्नु होला । बैंकहरु पनि मिटरब्याजी नै छन् । बैंक मिटरब्याजी […]

मुख्‍य समाचार समाचार समाज

अरुण चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

१९ माघ, काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बतायो । अस्पतालले रेफर गरेपछि ग्राण्डी अस्पतालमा उनीहरुलाई सारिएको सीआईबीको दाबी छ । जिल्ला अदालत, […]