२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

अमरपुर-ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु

२३ माघ,काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारण लाइनलाई एक […]

मुख्‍य समाचार समाचार समाज

‘देश-विदेश घुमे, तर पुर्खाकै पेशा अंगालेर फर्किएँ’

२३ माघ, म्याग्दी । शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका-५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आज विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइदै

२३ माघ, काठमाडौं। आज नेपालसहित विश्वका १७० भन्दा बढी देशहरूमा सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ । ‘राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ’ नाराकासाथ मनाइने यस दिवसले सरकार, नीति निर्माता, नीजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आआफ्ना जिम्मेवारी निर्वाह गराउन पैरवी गर्दछ । साथै, यसले सुरक्षित इन्टरनेटको लागि बालबालिका, […]

राजनीति समाचार समाज

‘समुदायमा कांग्रेस’ अभियान स्थगित, महामन्त्री थापाको संवादयात्रा पनि रोकियो

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । यसको औपचारिक निर्णय आज बिहान बोलाइएको केन्द्रीय समितिको आकस्मिक बैठकले गर्ने छ । समुदायमा कांग्रेस अभियान यही माघ १६ […]

मुख्‍य समाचार राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

२३ माघ, कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठककाठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनको शोक प्रस्तावको विषयमा बैठक बस्न लागेको हो । बुढाथोकीको गएराति विराटनगरमा […]

समाचार समाज

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ

२३ माघ, पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेम पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् । भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘आज अदालतमा पेस गरेर अनुसन्धान अगाडि बढाउँछौं’, उनले भने । भण्डारी पृथ्वीनारायण […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार ढाल्ने खेलमा लाग्दैनौं, ०८४ मा बहुमत ल्याउँछौं : केपी ओली

२२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने उद्देश्यका साथ अघि बढेको बताए । ‘यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिसन २०८४ भनेका छौं […]

राजनीति समाचार समाज

रवि लामिछानेसहित १८ जनाविरूद्ध कास्की प्रहरीमा उजुरी

२२ माघ, काठमाडौं । सुर्यदर्शन सहकारी पीडितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् । सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचरहब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्र्फोमेसन टेक्नोलोजी, स्प्रिङ […]

समाचार समाज

अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२२ माघ, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा […]

मुख्‍य समाचार राजनीति

त्रिविको वेबसाइट ह्याक छानबिन गर्न समिति गठन

२२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालले जानकारी दिए । गत शुक्रबार सगठित समितिलाई १५ दिनको समय […]

समाचार समाज

विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

२२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा लुकाएर लान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय क्यू विनक्यानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार राति उनको साथबाट एक सय दरको २५० थान अमेरिकी डलर बरामद भएको प्रहरीको भनाइ छ । चाइना साउर्दनको […]

मुख्‍य समाचार समाचार समाज

चन्द्रागिरीमा पानीमा डुबेर एक बालकको मृत्यु

२२ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बुद्ध मन्दिर परिसरभित्र भण्डारण गरेर राखिएको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । प्रहरी वृत्त, नागढुंगाका अनुसार, मन्दिरमा निर्माणाधीन भवनको भर्‍याङमुनि रहेको रिजर्भ पानीमा डुब्दा धादिङको गजुरी गाउँपालिका घर भएका १० वर्षीय सबिन तामाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते अवस्थामा उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी […]