२९ फाल्गुन २०८२, शुक्रबार
समाचार समाज

भिजिट भिसा प्रकरणमा चारजनालाई थुनामा पठाउने आदेश

२३ माघ, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले आज अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । […]

समाचार समाज सूचना प्रविधि

‘वेबसाइट ह्याक हुनुमा डेभलपर र त्रिवि दुवैको कमजोरी’

२३ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक हुनुमा डेभलपर र त्रिवि दुवैको कमजोरी भएको साइबर सुरक्षाका जानकारहरूले बताएका छन् । साइबर सरक्षा विज्ञ विजय सेनिहाङ लिम्बु त्रिविले तेस्रो कम्पनीमार्फत वेबसाइट निर्माण गर्ने र आफ्ना विज्ञहरु मार्फत जाँच नगरी कार्यान्वयनमा जाँदा अहिलेको समस्या निम्तिएको बताउँछन् । उनी भन्छन्, ‘त्रिविको वेबसाइट निर्माण गर्ने […]

समाचार समाज

सम्पत्ति शुद्धीकरणको मुद्दामा मिटरब्याजी श्याम परदेशीले पाए सफाइ

२३ माघ, काठमाडौं । मिटरब्याजी भनेर चिनिने सर्लाहीका श्याम परदेशी (श्यामकरण साह)ले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् । विशेष अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर सहित उनलाई सफाइ दिएको हो । उनीमाथि २० साउन २०७९ मा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । सम्पत्ति शुद्धीकरण […]

मुख्‍य समाचार राजनीति

अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

२३ माघ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बिहीबार अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाने भएका छन् । अस्ट्रेलियामा २६ र २७ माघमा इन्डिया फाउन्डेसनले आयोजना गरेको सातौं ‘इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन मन्त्री साउद २५ माघमा त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री साउद २८ माघमा पर्थ सहरमा आयोजना हुने कार्यक्रममा भाग लिने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

२३ माघ, काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए । महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् । […]

अर्थ मुख्‍य समाचार समाचार समाज

काम नगर्ने ठेकेदारलाई ठेक्कै ठेक्का

२३ माघ, जाजरकोट । जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलहरुको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान गएको छ । नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा नेपाल मेघा सिस्ने जेभीले लिएका ठेक्का अलपत्र परेका […]

मुख्‍य समाचार राजनीति

सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियन अधिकारको कुरा नराखौँः मन्त्री शर्मा

२३ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनको अधिकारको विषय समेट्नु नहुने बताएकी छिन् । मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफलमा भाग लिँदै मन्त्री शर्माले विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्नु आवश्यक नभएको बताएकी हुन् । उनले भनिन्, ‘यो विधेयकमा कहीँ […]

अर्थ मुख्‍य समाचार समाचार समाज

स्वास्थ्यलाई अर्थ मन्त्रालयले भन्यो : ९८ आधारभूत अस्पताल बनाउन बजेट छैन

२३ माघ, काठमाडौं । देशका विभिन्न स्थानीय तहमा निमार्णाधीन ९८ आधारभूत अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट नदिने भएको छ । यी अस्पतालका लागि स्रोत सुनिश्चित नभएको भन्दै अर्थले बजेट दिन इन्कार गरेको हो । निर्माणको घोषणा गर्दा नै स्रोत सुनिश्चित नगरिएको भन्दै अर्थ मन्त्रालयले बजेट दिन इन्कार गरेको हो । गत १ कात्तिकमा स्वास्थ्य मन्त्रालयले […]

मुख्‍य समाचार राजनीति

प्रिबजेट छलफलबारे माओवादीले सांसदलाई प्रशिक्षण दिने

२३ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताका (प्रिबजेट) बारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । . मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकताकाबारे संसदमा छलफल गर्नुपूर्व सांसदहरुलाई प्रशिक्षण कार्यक्रम […]

मुख्‍य समाचार समाचार समाज

निमा एकेडेमीले फागुनमा जेन कन्फेरेन्सको आयोजना गर्ने

२३ माघ, काठमाडौं । निमा एकेडेमीले फागुन ३ र ४ गते जेन कन्फेरेन्स १.० को आयोजना गर्ने भएको छ । निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा काठमाडौँको ज्ञानेश्वरस्थित हन्च कम्प्लेक्स प्राङ्गणमा उक्त कन्फेरेन्स गर्न लागिएको आयोजकले जनाएको छ । उक्त सम्‍मेलनमा विद्यालयलाई २१औ शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास […]

मुख्‍य समाचार समाचार समाज

शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगर प्रहरीले दुर्व्‍यवहार गर्दै हटायो

२३ माघ, काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले लछारपछार र दुर्व्यवहार गर्दै  हटाएको छ । मंगलबार बिहान करिब साढे ८ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई लछारपछार गर्दै हटाएको पीडितहरुले बताएका छन् । शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको […]

मुख्‍य समाचार समाचार समाज

धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

२३ माघ, नवलपुर । पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका […]