३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

सहकारी पीडितहरुले आज काठमाडौंका पाँच स्थानबाट प्रदर्शन गर्ने

१ चैत, काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् । प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : केही ठाउँमा पानी पर्ने, लुम्बिनीमा हावाहुरीको सम्भावना

१ चैत, काठमाडौं । देशका पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावनासमेत रहेको छ । […]

मुख्‍य समाचार राजनीति

मधेशमा कांग्रेसका मन्त्रीलाई राजीनामा गराउने मुख्यमन्त्रीको तयारी

३० फागुन, जनकपुरधाम । बुधबार काठमाडौंबाट फर्केका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका मन्त्रीलाई राजीनामा गराउने तयारी गरेका छन् । बिहीबार एमालेसँग सरकारमा सहभागिताबारे छलफल गर्ने र नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी आएपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने उनले बताए । ‘भोलि एमालेसित छलफल गर्छु । नवनियुक्त प्रदेश प्रमुख आउनुभएको छैन, आएलगत्तै सरकार पुनर्गठन गर्छौं’ मुख्यमन्त्री यादवले भने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडेनको भिडन्त पक्का

३० फागुन । आगामी नोभेम्बर ५ मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटबाट बहालवाला राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पको भिडन्त पक्का भएको छ । पार्टीभित्र हुने प्रारम्भिक निर्वाचनमा आवश्यक थ्रेसहोल्ड दुवैले पार गरेसँगै राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति ट्रम्पबीच नै प्रतिस्पर्धा हुने पक्का भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । बाइडेन र […]

मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विश्वविद्यालयले चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने

३० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनमार्फत दिने भएको छ । कार्यालयका प्राविधिक प्रमुख दीपक शाहीले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनबाट दिने गरी तयारी भइरहेको बताए । ‘आउँदो महिनाबाट पूर्ववत योजना अनुसार अनलाइन आवेदन लिने र उपत्यकाको लागि बल्खुबाट र अन्य क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट वितरण […]

मुख्‍य समाचार समाचार समाज

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

३० फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत् रहेकाहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरसँग कुरा गर्दै उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरे । यसरी जिम्मेवारीबाट हटाइएकामा […]

मुख्‍य समाचार समाचार समाज

नवनियुक्त ३ प्रदेश प्रमुखले लिए शपथ

३० फागुन, काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका छन् । उनीहरुले बुधबार नै राष्ट्रपतिबाट […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपालमा पहिलोपटक भाइबर सामाजिक सञ्जालका रुपमा सूचीकृत

३० फागुन, काठमाडौं । नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो । सञ्चार […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसलाई ओलीको प्रश्न : पोहोर अस्थिरता नहुने अहिले कसरी हुन्छ ?

३० फागुन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई सरकार परिवर्तनमा आफ्नो भूमिका हेर्न अनुरोध गरेका छन् । नयाँ गठबन्धन बनेपछि बुधबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले आफूले दुई महिनामा सरकार ढाल्दा अस्थिरता नहुने अहिले १४ महिनामा सरकार ढाल्दा कसरी अस्थिरता भयो भनेर प्रश्न गरे । […]

मुख्‍य समाचार राजनीति

कांग्रेसप्रति प्रचण्डको आक्रोश : म होइन, कांग्रेस विश्वासघाती

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गरेका छन् । उनले आफूले होइन, कांग्रेसले पटक–पटक विश्वासघात गरेको समेत बताए । विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले चुनाव लगत्तै कांग्रेसले विश्वासघात गरेको बताए । उनले भने, ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतत्वको पार्टीले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासकाे मत

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आह्वान गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन आह्वान गरेका हुन् । यस प्रस्तावमा छलफल गर्न दुई घण्टाको समय छुट्याइएको छ । सरकारले केही गरेन भन्नेहरुलाई आउँदा दिनमा काम गरेर जवाफ दिने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रमाणित गर्न