३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

रुसले सेनामा भर्ना भएका नेपालीलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दियो : परराष्ट्रमन्त्री श्रेष्ठ

५ चैत, काठमाडौं । रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यद्यपि यसको मोटालिटी तय हुन बाँकी रहेको बताए । सोमबार संसदमा परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्ने बारे आफ्नो सैद्धान्तिक […]

मुख्‍य समाचार समाचार समाज

देशभर ९४ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

५ चैत, काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९३ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२ हजार ४६९ जना बालबालिकाले दादुरा खोप लगाएका छन् । फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानमा ५७ लाख ४२ […]

राजनीति समाचार समाज

गृहमन्त्री लामिछाने मुछिएको सहकारीमा निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

५ चैत, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए । ‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सोमबार सुन चाँदीको मूल्य घट्यो

५ चैत, काठमाडौँ । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ । आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु एक लाख २४ हजार पाँच सय कायम भएको छ । […]

संसदमा बैठकमा सांसदहरूको सरकारमाथि प्रश्‍न : LIVE

५ चैत, काठमाडौं । सोमबार बसैको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारमाथि प्रश्‍न उठाएका छन् । नेपाली कांग्रेसका सांसद गगन थापले सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा धन्यवाद दिएका छन्। उनले सरकारमाथि सहकारीमा संलग्न भएका गृहमन्त्रीमाथि कारबाही हुनु पर्ने माग गरेका छन् ।

मुख्‍य समाचार राजनीति समाचार समाज

सुन प्रकरणमा मुछिएका महरालाई पक्राउ गरेकोमा सरकारलाई गगन थापाले दिए धन्यवाद

५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएको छ। प्रतिनिधि सभाको सोमबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका कांग्रेस सांसदसमेत रहेका महामन्त्री गगन थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन्। ‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा (एमाले) […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कृष्णबहादुर महारालाई काठमाडौं ल्याइयो

५ चैत, काठमाडौं । माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनलाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको थियो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिए । प्रवक्ता ढकालका अनुसार महरालाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो […]

मुख्‍य समाचार समाचार समाज

विराटनगरमा हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए

५ चैत, विराटनगर । विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् । नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ । […]

मुख्‍य समाचार समाचार समाज

लुम्बीनीका गुम्बा र विहारमा व्यवसाय नगर्न निर्देशन

५ चैत, लुम्बिनी । लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ । लुम्बिनी विकास कोषको क्षेत्राधिकारका विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्णरुपमा पालना गर्नुपर्ने स्थान रहेको […]

मुख्‍य समाचार समाचार समाज

कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

५ चैत, धनगढी । गत सोमबार गुडिरहेको ट्रकमाथि अचानक आगलागी भएपछि सामान्य क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन आवागमन सुचारू गरिएको छ । कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी ) कुलदिप चन्दले बताए । गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासि आगलागी भएको […]

मुख्‍य समाचार समाचार समाज

सहकारीबाट लिएको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ । महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो । ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त […]