बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिइयो
८ चैत, काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा उद्योगपति विनोद चौधरीसँग वयान लिन सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिने क्रम जारी रहेको स्रोतले बतायो । आज बिहान सिआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो । उनी आफैं बिहान सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए । […]










