७ जेष्ठ २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

फेसबुक र इन्स्टाग्राममा फेरि देखियो प्राविधिक समस्या

७ चैत, काठमाडौं। मेटा कम्पनीको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा फेरि समस्या देखिएको छ । केही दिन अघि मात्रै लग इन नै नहुने समस्या देखिएको मेटाको प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राममा बुधबार पनि प्राविधिक समस्या देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रयोगकर्ताहरुले डाउन डिटेक्टरमा फेसबुकमा आएका समस्याहरूबारे गुनासो गरिरहेका छन् । उनीहरूले फेसबुकमा अनलाइनमा एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा परिरहेकोमा चिन्ता व्‍यक्त गरेका छन् ।

यो समस्या विश्वभरिका अधिकांश प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् । केही दिन अघि पनि यी प्लेटफर्महरुमा लगईन नै नहुने समस्या आएको थियो । करिब एक घण्टा विश्वभर नै यस्तो समस्या देखा परेको थियो ।

यसबारेमा मेटाले आधिकारिक जानकारी दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्