३० फाल्गुन २०८२, शनिबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

होली सुरक्षाका लागि कोशीमा ११७ ठाउँमा चेकिङ, ७ सय प्रहरी परिचालन हुने

११ चैत, विराटनगर। तराईमा खेलिने होलीमा उच्छृङखल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले होली पर्वमा हुने उच्छृङखल गतिविधि नियन्त्रणका लागि सतर्कता बढाएको हो । होलीको सुरक्षाका लागि कोशी प्रदेशका जिल्लाहरुमा ४ हजार ८ सय बढी प्रहरी परिचालन हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले बताए […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा घर बनाउँदा २० प्रतिशत जग्गामा पार्किङ अनिवार्य

११ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी १ वैशाखदेखि चार आनाभन्दा बढी जग्गामा घर बनाउँदा २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने नियम बनाएको छ । महानगरले ‘भवन निर्माण मापदण्ड २०८० तथा भवनसंहिता’ लागु गर्दै नक्सा पासमा पार्किङलगायतका नियमहरू बनाएको हो । यो मापदण्ड १ वैशाखदेखि लागु हुने छ ।तर, पुरातात्विक महत्वका संरक्षित स्मारक उपक्षेत्रमा भने […]

मुख्‍य समाचार समाचार समाज

जुवातास खेलेको आरोपमा काठमाडौं उपत्यकाबाट २९ जना पक्राउ

११ चैत, काठमाडौं । तासजुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट २९ पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । रानिवन बस्ने गोरखा ताकुकोट–४ घर भएका ३५ वर्षीय सुजन थापासमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ […]

मुख्‍य समाचार समाचार समाज

प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली 

११ चैत, भक्तपुर । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । भीमसेन मन्दिरको पाटीमा बसेर फागुन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बझाङ-१ मा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार बन्ने

११ चैत, काठमाडौं । बझाङ १ मा १५ वैशाखमा हुने प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् । आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ […]

राजनीति समाचार समाज

इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

११ चैत, काठमाडौं । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एक नेताले जानकारी दिए । सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ  २५ गते निधन […]

मुख्‍य समाचार समाचार समाज

होलीमा विशेष सुरक्षा योजना : उपत्यकामा ड्रोनबाट निगरानी

११ चैत, काठमाडौँ ।  नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले आजदेखि तीन दिनका देशभर २९ […]

मुख्‍य समाचार समाचार समाज

वसन्तपुरको होलीमा नेपालीसँगै विदेशी पनि रंगिए (तस्वीरहरू)

११ चैत, काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी क्षेत्रमा मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन आफन्त, साथीभाइबीच अबिर र रंग खेलेर होली पर्व मनाइन्छ । बसन्तपुरसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा युवा र बालबालिकाहरु रंग र पानीले समेत होली खेलिरहेका छन् । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर नाचगान पनि गरिन्छ । बूढापाका, युवा […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं उपत्यकामा ट्राफिक चेकिङमा कडाइ

११ चैत, काठमाडौं । होली मनाउन सुरू भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक जाँचमा प्रहरीले कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि होली मनाउन सुरू भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकिङमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उच्छृङखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउनेलगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ […]

मुख्‍य समाचार समाचार समाज

वसन्तपुरमा होलीको चहलपहल सुरू, चीर पूजा गर्नेको भीड

११ चैत, काठमाडौं । वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरू भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर […]

मनोरन्जन मुख्‍य समाचार समाचार

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी हाजिर जमानीमा रिहा

११ चैत, काठमाडौं । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रोडुसर तथा निर्देशक विशाल भण्डारी रिहा भएका छन् । शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि भण्डारी हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए । ‘हिजो दिनभर घाइतेका परिवारसँग राखेर छलफल […]

खेलकुद मुख्‍य समाचार

हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित

११ चैत, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन […]