३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

कर्णाली पुलबाट हामफालेका युवा खोज्न सशस्त्रको गोताखोर परिचालन

१३ चैत, काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ । नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्दं थापाले जानकारी दिए । […]

मुख्‍य समाचार समाचार समाज

‘बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाले अराजकतालाई बल पुग्न सक्छ’

१३ चैत, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति आशंका गरेका छन् । उक्त फैसलाको हालसम्म संक्षिप्त रुप पनि नआएकाले यसबारे अनेक आशंका देखिएको भन्दै केसीले अराजकतालाई बल पुर्‍याउन सक्ने आशंका गरेका हुन् । ‘सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र (चिकित्सा शिक्षा) […]

मुख्‍य समाचार समाचार समाज

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

१३ चैत, इलाम। इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे । संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए । यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी […]

मुख्‍य समाचार समाचार समाज

ललितपुर घटनाका आरोपी सार्वजनिक, ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान

१३ चैत, काठमाडौं । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलगन् भएका मुख्य चार आरोपीलाई […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नेपालगञ्जको वाटरपार्कमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

१३ चैत, बाँके । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् । वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद […]

मुख्‍य समाचार राजनीति

स्थगित संवाद यात्रा गगन थापाले चैत १५ बाट पुनः सुरु गर्ने

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो । १३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि […]

अर्थ मुख्‍य समाचार

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

१३ चैत, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले […]

मुख्‍य समाचार समाचार समाज

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु

१३ चैत, जनकपुरधाम । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि न्यूरो हस्पिटलमा पुर्‍याइए पनि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाका यी चार केन्द्रीय सदस्‍यले गर्नेछन् पार्टीले सम्हालेका मन्त्रालयको संयोजन

१३ चैत, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले नेतृत्व गरेको मन्त्रालयको कामको संयोजन गर्ने गरी केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेको छ। उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल, सांसद शिशिर खनाल र मन्त्रीहरूसहित मंगलबार बिहान बसेको बैठकले जिम्मेवारी तोकेको हो। केन्द्रीय सदस्य गणेश कार्कीलाई शिक्षा, विज्ञान तथा प्रविधि, सांसद असिम साहलाई युवा तथा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

चोभार सुक्खा बन्दरगाहमा व्यावासायिक गतिविधि बढ्यो

१३ चैत, कीर्तिपुर । राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउँन बन्दरगाह आइरहन्छन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास […]

मुख्‍य समाचार समाचार समाज

सुन आयोगले कारबाही सिफारिस गरेपछि सीआईबी टोली अदालत जाने तयारीमा

१३ चैत, काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले कारबाहीको सिफारिस गरेपछि अनुसन्धान अधिकारीहरू अदालत जाने तयारी गरिरहेका छन् । आयोगलाई अनुसन्धान अधिकारीमाथि कारबाहीका लागि सिफारिस गर्न सक्नेसम्मको कार्यादेश नभएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का चार अनुसन्धान अधिकारी अदालत जान लागेका हुन् । आयोगलाई दिइएको कार्यादेशमा सुन तस्करी प्रकरणमा […]

मुख्‍य समाचार समाचार समाज

कोशी र मधेशका केही स्थानमा भारी वर्षा, काठमाडौंमा आज पनि पानी पर्ने

१३ चैत, काठमाडौं । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको र स्थानीय वायुको प्रभावले केही दिनयता दिनहुँ पानी परिरहेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी […]