३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)

१४ च‌ैत, काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ। दिपायलको आई.एस.कन्स्ट्रक्सन प्रा.लिलाई सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा […]

मुख्‍य समाचार समाचार समाज

मदन भण्डारी राजमार्गको सिमलटारी-सौतामारे-मच्छी सडक निर्माण सुस्त

१४ चैत, गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गते सिमलटारी सौतामारे-मच्छी-सडक कालोपत्रेको काम सुस्त भएको छ । सडकको १६ किलोमिटर क्षेत्रअन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । सिमलटारीदेखि सौतामारेसम्म सडक स्तरउन्नतिसँगै कालोपत्रेको काममा ढिलासुस्ती भएको हो । सडक निर्माण कार्य सुरु गरेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि चैतको पहिलो सातासम्म २० प्रतिशत मात्रै काम सम्पन्न […]

अर्थ मुख्‍य समाचार समाचार समाज

उद्योगहरूमा दैनिक १० घण्टासम्म अघाेषित लोडसेडिङ, मरमा उद्योगी

१३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विगत अढाई महिनादेखि अघोषित लोडसेडिङ गरिरहेको छ । गत माघको पहिलो सातादेखि उद्योगहरूमा दैनिक ८ देखि १० घन्टासम्म अघोषित रूपमा लोडसेडिङ भइरहेको उद्योगीहरूले बताएका छन् । पूर्वको विराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्मका उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरूको भनाइ छ । तर, विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका भने निकालेको छैन […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णाली नदीमा बेपत्ता युवकको खोजी स्थगित, हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा

१३ चैत, धनगढी । सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगित गरिएको छ । कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मंगलबार दिनभर खोजी गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेपनि उनी […]

अर्थ मुख्‍य समाचार समाचार समाज

विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक, आयात अवरुद्ध नहुने अपेक्षा

१३ चैत, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जासचिव पंकज अग्रवाललाई फोन गरी विद्युत् आयातसम्बन्धी सम्झौता चाँडै नवीकरण गरिदिन अनुरोध गरेका छन् । दुई सचिवबीच मंगलवार भएको वार्ता सकारात्मक भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । नेपालले भारतसँग भएको विद्युत् आयातसम्बन्धी सम्झौताअन्तर्गत रहेर प्रतिस्पर्धी बजारबाट बिजुली आयात गरिरहेको छ । […]

मुख्‍य समाचार समाचार समाज

उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने एक जना पक्राउ

१३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चलाउनेमाथि आक्रमण गर्ने रविन लामालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले चलाउनेलाई आक्रमण गर्ने लामालाई टोखाबाट पक्राउ गरिएको जानकारी दिए । यस मुद्दाका अन्य प्रतिवादीहरु पुनरावेदनमा गएको तर […]

मुख्‍य समाचार समाचार समाज

बीमाको साढे करोड हात पार्न हत्यामा संलग्न ५ जना सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

१३ चैत, काठमाडौं । बीमाको साढे दुई करोड रुपैयाँ हात पार्न नक्कली विवाह र दुर्घटना गराएर हत्या गरेको आरोप लागेका ५ जना सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सपना मल्लसहित ५ जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको हो । अदालत […]

मुख्‍य समाचार समाचार समाज

सर्वोच्चले भन्यो : दुर्गा प्रसाईंले हतियार बोक्ने लाइसेन्स कसरी पाए छानबिन गर्नू

१३ चैत, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्डले राख्न नमिल्ने हतियार राखेको भन्दै छानबिन गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद हतियार स्वचालित भएकाले लाइसेन्स लिएर पनि व्यक्तिले बोक्न नमिल्ने भन्दै छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो […]

मुख्‍य समाचार समाचार समाज

दुर्गा प्रसाईंका बडिगार्डलाई छाेड्न सर्वोच्चको आदेश

१३ चैत, काठमाडौं । हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडिगार्डद्धय रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो । लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ […]

मुख्‍य समाचार समाज

गोवामा छोरी हराएको भन्दै खोजी गर्न धनगढीका मेयरले मागे सहयोग

१३ चैत, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् । मेयर हमालले आफ्नी जेठी छोरी आरती सोमबारदेखि भारतको गोवास्थित जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएकी फेसबुकमा उल्लेख गरेका छन् । ‘मेरी जेठी छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न […]

खेलकुद मुख्‍य समाचार समाज

दोस्रो टी–२० मा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका […]

मुख्‍य समाचार समाचार समाज

सुनकोशी नदीमा वेपत्ता ३ बालबालिका अझै भेटिएनन्

१३ चैत, काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएका छैनन् । आइतबार वेपत्ता भएका बालबालिका मंगलबार मध्यान्हसम्म नभेटिएको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि सोमबार र मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको गोताखोरेले खोजी गर्दा समेत नभेटिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थााले जानकारी दिए । वेपत्ता ३ बालबालिकाको […]