१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

कतारका राजालाई सेनाको कमाण्डमा ‘अति विशिष्ट स्तर’को सुरक्षा

११ वैशाख, काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७५ मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो । विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत […]

मुख्‍य समाचार समाचार समाज

थारू विद्यार्थीहरूको हकहितमा काम गर्न सरोकारवालाको जोड

१० वैशाख, काठमाडौं । थारू विद्यार्थी समाजले नयाँ वर्ष २०८१को क्यालेन्डर सार्वजनिक गरेको छ । सोमबार समाजले थारू आयोगमा एक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०८१ को नयाँ क्यालेन्डर सार्वजनकि गरेको हो । कार्यक्रममा सरोकारवालाहरूले थारू विद्यार्थीहरूको हकहितमा काम थप गर्नु पर्ने र उनीहरूलाई राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पहुचको लागि वातावरण बनाइदिनु पर्ने सुझाव […]

मुख्‍य समाचार समाचार समाज

तराई मधेशमा ४ दिन तातो हावा चल्नसक्ने चेतावनी

१० वैशाख, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने बताएको छ । महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ । विभागको तथ्यांकअनुसार सोमबार दिउँसो अधिकतम तापक्रम […]

मुख्‍य समाचार समाचार समाज

बर्दिबासमा मोटरसाइकल दुर्घटना, श्रीमान्-श्रीमतीको मृत्यु

१० वैशाख, काठमाडौं । महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बार प्रा. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका […]

मुख्‍य समाचार समाज

शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु

१० वैशाख , सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ : ३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टा पछि मृत्यु भएको हो । मृतक […]

मुख्‍य समाचार समाचार

कतारी राजालाई स्वागत गर्न राष्ट्रपति पाैडेल विमानस्थल जाने

१० वैशाख, काठमाडौं । कतारी अमिर (राजा) को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् । अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रातोकागजलाई जानकारी दिए । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले […]

मुख्‍य समाचार

कतारका अमिरको नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गरौँः अध्यक्ष भट्ट

१० वैशाख , काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै छन् । पहिलोपटक कतारका अमिर नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि लिइएको छ । भ्रमणका क्रममा केही […]

अन्तर्राष्ट्रिय समाचार

चीनमा आँधीका कारण ११ जना बेपत्ता

१० बैशाख , काठमाडाै । दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता हुनुका दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार जनाएको छ । पछिल्लो समयमा गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा गम्भीर बाढीको डर बढेको छ । यस्तो ‘शताब्दीमा एक पटक मात्र’ हुने राज्य मिडियाले बताएको छ । गुआङ्गडोङका […]

मुख्‍य समाचार राजनीति

कम्युनिष्ट पार्टी विभाजनको कारण खोज्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

१० वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारण खोज्नुपर्ने बताएकी छन् ।   सोमबार नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पूर्वराष्ट्रपति भण्डारीले कम्युनिष्ट पार्टी विभाजनको समीक्षा गर्नुपर्ने बताएकी हुन् ।   ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र […]

मुख्‍य समाचार

उपचुनावको दिन : के-के गर्न पाइदैन ?

१० वैशाख, काठमाडौं। वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले सुरक्षा व्‍यवस्था कडा पार्ने निर्णय गरेको छ ।     आयोगको सोमबार बसेको बैठकले आजै सम्पन्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतको आधारमा सुरषा व्‍यवस्था कडा बनाउने भएको हो ।     आयोगले मतदानको दिन निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्‍याउन नहुने, मतपत्रको दुरुपयोग […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

१० बैशाख , काठमाडाै । सोमबार उत्तराखण्डको पिथौरागढ जिल्लामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार सोमबार पिथौरागढ जिल्ला नियन्त्रण कक्षले राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ) लाई अँचोली क्षेत्रको अन्डोली नजिकै पिथौरागढ जिल्लामा गाडी दुर्घटनामा परेको जानकारी दिएको थियो । गाडीमा विवाह समारोहमा सहभागी भएर घर फर्किरहेका आठ जना […]

मुख्‍य समाचार समाचार

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

१० वैशाख , म्याग्दी । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ । पानीका मुहान सुकेका छन् । गाउँमा खानेपानीको समस्या उत्पन्न हुनुका साथै वायु प्रदूषणका […]