२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाज

निर्माणाधीन धुलिखेल–खावा सडक , पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

५ असार , काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म पुग्नेलगायत आकस्मिक यातायातका साधन रोकिएका हुन् । चार किलोमिटर लम्बाइको सो सडकखण्डको ३२ किलो भन्ने […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

५ असार,महेन्द्रनगर (कञ्चनपुर)। लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताए । […]

अर्थ प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर

५ असार ,चितवन । भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो । महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट बिनियोजन गर्ने नीति लिएको हो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले सुत्रका आधारमा गरिएको […]

फोटो फिचर समाचार समाज

पाका कलाकारका चित्र एक साथ प्रदर्शनी

५ असार , काठमाडौँ  । दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स : अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो । सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि सुरु गरेको प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ । कलाकारहरुका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कलाले प्रदर्शनीस्थल सजिएको […]

मुख्‍य समाचार विचार

स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ : मन्त्री श्रेष्ठ

५ असार,  काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । बुधबार ७३ औं स्थापना दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नविर्सिकन समय सापेक्ष भई अघि बढ्नुपर्ने सुझाव दिए । उनले डिजिटल स्काउटिङको आवश्यकता औंल्याउँदै […]

समाचार समाज

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

५ असार , रामपुर (पाल्पा) । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले त्यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा […]

मुख्‍य समाचार समाचार

राष्ट्रपति पौडेल स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

५ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने, मुख्य सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय […]

मुख्‍य समाचार

संसद् भवनको शौचालयमा नेपाल प्रहरीका जवान गोलेले गरे आत्महत्या

५ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । बुधबार बिहान २२ वर्षीय  प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए । ‘उहाँले आधा घण्टा अगाडि मात्रै आफैंलाई गोली हानी शौचालयमा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरीमाथि सामूहिक करणी

५ असार, काठमाडौँ । अछाममा छाउगोठमा बसेकी एक किशोरीमाथि जवरजस्ती करणी भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा १६ वर्षीया किशोरीमाथि सोमवार राति सामूहिक करणी भएको हो। किशोरी करणीको आरोपमा प्रहरीले एक स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन। […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

५ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताउनुभयो । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

५ असार, जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९-८० मा वार्षिक आय रु दुई करोड ५० लाख आम्दानी हुने अनुमान गरेकामा रु एक करोड २० लाख ६० हजारमात्र आम्दानी भएको छ […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

५ असार, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ । जिल्लाको धार्मिक पर्यटकीयस्थल उक्त मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले जानकारी दिए । राप्तीसोनारी–४ बैजापुरको कुम्भरमा डिपबोरिङ गरेर सात किलोमिटर टाढा उक्त मन्दिरमा पानी […]