१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय

१३ वैशाख, रौतहट । जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए […]

मुख्‍य समाचार सूचना प्रविधि

इन्टरनेट सेवा जुनसुकै बेला रोकिन सक्‍ने सेवा प्रदायकको चेतावनी

१३ वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने सेवा चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो । करिब १२ महिनाको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथको पैसा पठाउन सरकारले अवरोध गरेको […]

मुख्‍य समाचार समाज

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीप दुर्घटना

१३ वैशाख, काठमाडौं । थानकोटबाट चित्लाङ हुँदै हेटौडाका लागि छुटेको जीप दुर्घटनामा परेको छ । बिहीबार बिहान साढे ९ बजेतिर चन्द्रागिरी नगरपालिका–४ थानकोटस्थित कालो होल भन्ने ठाउँमा ना १ ज ६२६१ नम्बरको जीप दुर्घटनामा परेको हो । उक्त जीप काठमाडौंबाट चित्लाङ हुँदै हेटौडा जाँदै थियो । उकालोमा तान्न नसकेपछि यात्रु झारेर हाँकेको बेलामा दुर्घटना भएकाले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

केन्यामा बाढीका कारण ३८ को मृत्यु

१३ बैशाख , काठमाडौ । केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपत्कालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ । पछिल्लो समयमा अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुर्‍याएको छ । केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार परेको वर्षामा एक जनाको मृत्यु भएको […]

मुख्‍य समाचार राजनीति

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

१२ वैशाख, काठमाडौं । इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ । मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए । इलाम-२ मा प्रतिनिधिसभा र बझाङ-१ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो । प्रहरी […]

मुख्‍य समाचार समाज

पर्वतका ७० वनमा डढेलो, १ हजार ४ सय हेक्टर जङ्गल नष्ट

१३ वैशाख, पर्वत । यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले दिएको जानकारीअनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन–जङ्गल डढेलोले सखाप परेको छ । पर्वतमा […]

मुख्‍य समाचार समाज

अटोमेटिक पेस्तोलसहित पोखराबाट एक युवा पक्राउ

१३ वैशाख, काठमाडौं । पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक छन् । उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो । लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

जुम्लाका बगैँचामा स्याउ फुल्न लाग्यो

१३ वैशाख, जुम्ला। यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् । तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फूलेर सेताम्मे भएपछि आकर्षक […]

मुख्‍य समाचार समाचार समाज

फुङलिङबाट अब ७ घण्टामै ओलाङ्चुङगोला पुग्‍न सकिने

१३ वैशाख, फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै ओलाङचुङ्गोला पुग्न सहज भएको हो । ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन् । विगत वर्षमा सदरमुकाम फुङ्लिङबाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो । विस्तारै तमोर करिडोर सडकको ट्रयाक खुलाउने कार्यसँगै […]

मुख्‍य समाचार राजनीति

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

१३ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १५ वैशाखको उपचुनावमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएका छन् । ‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको वैशाख १० गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको […]

अर्थ समाचार समाज

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

१३ वैशाख, कालीकोट । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगँैचा हो । शिक्षकसमेत रहेका हमालले फोइमहादेवको दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जमिन लिजमा लिएर सञ्चालन गर्नुभएको नमूना स्याउ बगैँचामा फुजी, […]

मुख्‍य समाचार समाज

धनुषाको औरही पौडेसरमा बजारमा झडप, ७ सेल अश्रुग्यास प्रहार

१३ वैशाख, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसर बजार तनावग्रस्त बनेको छ । स्थानीय एक समुदायका युवकले अर्को समुदायको किशोरी भगाएको विरोधमा बिहानैदेखि प्रदर्शन भइरहेको छ । स्थानीयले बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरीले […]